काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरि महानगरपालिकाको मेयरमा उठ्ने संकेत गर्नुभएको छ । २७औं महानगर दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी र जनताले चाहेमा आफू फेरि मेयरमा लड्ने बताउनुभएको हो । सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिने क्रममा मेयर शाक्यले भन्नुभयो– ‘साढे ४ वर्षे कार्यकालमा मैले गरेका कामहरू पूरा गर्न बाँकी रहेको […]