काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड विरुद्धको साझा लडाईंमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्थानीय सरकारसँग सहकार्य र समन्वय नगरेको गुनासो गरेका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर २३ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीसीएमसीसँग यस्तो गुनासो गरेका हुन् । ‘पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सीसीएमसीले कोभिड–१९ संकट व्यवस्थापनका हरेक निर्णयमा […]