काठमाण्डाै - नेपाल निर्माण व्यवसायी महासङ्घले विकास निर्माणको कामलाई र पूर्वाधार विकासलाई प्राथमिकता दिन माग गरेको छ ।
१५औँ निर्माण दिवसका अवसरमा बिहान महासङ्घका अध्यक्ष रवि सिंहले देशमा रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्न पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो । उहाँले कोरोना महामारी, रुस—युक्रेन युद्ध, तरलताको अभाव, निर्माण सामग्री समयमा नै उपलब्ध नहुनु लगायतका कारण निर्माण व्यवसाय सङ्कटमा पर्न थालेको पनि बताउनु भएको छ ।
अध्यक्ष सिंहले निर्माण व्यवसायलाई चलायमान बनाउन सरकारले निर्म...