नेपाल निर्माण व्यवसायी महासङ्घ भुक्तानी नपाउँदा निर्माण प्रभावित

सरकारी निकायबाट निर्माण कम्पनीहरूले ५० अर्ब रुपियाँ भुक्तानी नपाउँदा निर्माण कार्य नै प्रभावित भएको छ । भुक्तानी नपाउँदा निर्माण कार्य अघि बढाउन नसकेर व्यवसाय नै आर्थिक सङ्कटमा परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । १५/१५ दिनमा भुक्तानी दिने सहमति भए पनि कार्यान्वयन नहुँदा व्यवसायीहरू आर्थिक समस्यामा परेको महासङ्घका महासचिव रोशन दाहालले बताउनुभयो ।

सम्बन्धित सामग्री

पाँच दिने पुल डिजाइन सम्बन्धी तालिम सम्पन्न

पाँच दिने पुल डिजाइन सम्बन्धी तालिम सम्पन्न भएको छ । स्केफ नेपाल द्वारा नेपाल निर्माण व्यवसायी महासङ्घ र निर्माण व्यवसाय विकास परिषद्को सहयोगमा पुल डिजाइन सम्बन्धी तालिम दिइएको हो ।