काठमाडौँ- आज बसेको पाँच दलीय गठबन्धनको बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर्ने निर्णय गरेको छ । दलका शीर्ष नेता संलग्न बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकका सम्बन्धमा वृहत् छलफल गरी यससँग प्रत्यक्ष अप्रत्यक्ष संलग्न सरोकारवाला, मानवअधिकारकर्मी, विभिन्न तह र तप्का तथा पीडितलगायत व्यक्ति तथा संघ संस्थाहरूले दिएका सरसल्लाह र सुझावलाई गहन रूपमा गठबन्धनले […]