नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न आग्रह

काठमाडौं, २ असोज । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न सरकारसमक्ष आग्रह गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा अन्तक्रिया कार्यक्रमको आयोजना गरेर उक्त विधेयकले नेपाली नागरिकहरु नै लोपोन्मुख अवस्थामा पुग्ने भन्दै संशोधनको माग गरेको हो । नेपालको दिर्घकालिन हित र राष्ट्रिय सुरक्षा सम्बन्धमा विज्ञहरु सम्मिलित नागरिकता आयोग गठन गरी […]

सम्बन्धित सामग्री

फिर्ता भएको नागरिकता विधेयक प्रमाणीकरणको लागि राष्ट्रपतिको कार्यालय पठाईयो

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालय पठाईएको छ । राष्ट्रपति संदेशसहित फिर्ता गरेपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाले फेरी पारित गरेर विधेयक आज राष्ट्रपति समक्ष प्रमाणीकरणको लागि पठाईएको हो ।सभामुख अग्नि सापकोटाले विधेयक प्रमाणित गरेर प्रमाणीकरणको लागि  राष्ट्रपति कार्यालयमा पठाएका हुन्। अब राष्ट्रपतिले १५ दिन भित्र विधेयक प्रमाणित गर्नु पर्छ ।नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको भन्दै गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिईन् ।राष्ट्रपतिबाट फिर्ता आएको सो विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाले बिना संशोधन पुनः बहुमतबाट पारित गरेको थियो ।  दुवै सदनबाट पारित भएको विधेयक आज प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाईएको हो । दोस्रो पटक प्रमाणीकरणको लागि विधेयक पठाउँदा राष्ट्रपतिले प्रमाणीकरण गर्नै पर्ने संवैधानिक ब्यबस्थ छ । राष्ट्रपतिले फिर्ता पठाएको विधेयक संशोधन सहित वा बिना संशोधन संसदबाट पारित भई दोस्रो पटक प्रमाणीकरणको लागि पठाउँदा राष्ट्रपतिले प्रमाणीकरण गर्नै पर्ने संवैधानिक ब्यबस्थ छ ।यद्यपि कतिपयले भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरी उनले राजिनामा दिन सक्ने आँकलन गरेका छन् ।

नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको पत्र संसद्मा पेस

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधिसभामा पढेर सुनाइएको छ। मंगलवारको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधिसभाका सचिव करविरनाथ योगीले राष्ट्रपतिका तर्फबाट सचिव यादवप्रसाद कोईरालाले पठाएको पत्र पढेर सुनाएका हुन्। पत्रमा साउन ६ गते नै पारित भएर सभामुखबाट प्रमाणित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक संशोधन हुनु वाञ्छनीय भएको भन्दै सन्देशसहित फिर्ता पठाउने निर्णय भएको उल्लेख छ।‘प्रतिनिधि सभाको वि.सं. २०७९ साल

अब के हुन्छ नागरिकता विधेयक?, संशोधन गर्नैपर्ने बाध्यता छैन संसद्लाई

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि अबको प्रक्रिया के होला भन्ने चासो छ।गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयकमा पुनर्विचार हुन आवश्यक देखिएको भन्दै भण्डारीले आइतबार साँझ विधेयक फिर्ता पठाएकी थिइन्।संविधानको धारा ११३ को उपधारा ३ बमोजिम राष्ट्रपतिलाई विधेयक पुनर्विचार गर्नुपर्छ भन्ने लागेर संसद्‍मै फिर्ता पठाएको शीतलनिवासले निकालेको विज्ञप्तिमा उल्लेख छ।अबको प्रक्रियाराष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको वि

राष्ट्रपतिको कदमप्रति एमालेको समर्थन, माओवादी तटस्थ, कांग्रेस आक्रोशित

राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखबाट लालमोहर लागेर प्रमाणिकरणका लागि आएको नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइदिएपछि नेकपा एमालेले त्यसको स्वागत गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिले गरेको आग्रहलाई सहज रुपमा स्वीकार गरेर नागरिकता विधेयक संशोधन गर्नुपर्ने बताउनुभएको छ । नागरिकता विधेयक पास गर्ने क्रममा नै आफूहरुले संशोधन हालेर वैवाहिक अंगीकृत …

नागरिकता विधेयक फिर्ता गरेकोमा एमालेको स्वागत

२९ साउन, काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वागत गरेको छ । पुनर्विचार गर्न राष्ट्रपतिले गरेको आग्रहलाई सहज रुपमा स्वीकार गरेर नागरिकता विधेयक संशोधन गर्नुपर्ने एमालेले बताएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले अनलाइनखबरसँग भने, ‘एमालेको परामर्शमा त होइन, तर राष्ट्रपतिले जे गर्नुभयो, जनताको भावना अनुसार गर्नुभएको छ […]

नागरिकता विधेयक संशोधन : तथ्य र भ्रम

संघीय संसदको दुवै सदनबाट पारित नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणको चरणमा छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो ऐनको रूपमा लागू हुनेछ। नेपालको संविधानमा राखिएको प्रावधान ‘संघीय कानुन बमोजिम नागरिकता दिइनेछ’ लाई कार्यान्वयन गर्ने क्रममा व्यवस्थापन हुनलागेको हो। यसबीच प्रमाणीकरणको प्रक्रियामा रहेको उक्त विधेयकलाई निस्तेज बनाउन राष्ट्रवादी र देशभक्तको नाउँमा कतिपय समूहद्वारा […]

नागरिकता विधेयक संशोधन गर्न ५४ सांसदको माग

काठमाडौं। नागरिकता विधेयक संशोधन गर्न ५४ सांसदहरुले माग गरेका छन्। भैरहवाको भाटभटेनी अगाडि बस दुर्घटना भएको छ। सायपत्री हाइड्रोले साउन १३ देखि आइपीओ बिक्री खुला गर्ने भएको छ। भक्तपुरमा पानीको जारभित्र कीरा र लेउ लागेको भेटियो । कोरियामा एकै दिन ७६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अघि बढ्यो नागरिकता विधेयक : संशोधन प्रस्ताव अस्वीकृत

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको असहमतिका बाबजुद प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक अगाडि बढेको छ ।  बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक पेश गर्न मागेको अनुमतिमा एमाले र नेमकिपाका गरी तीन जना सांसदहरुले अगाडि नबढाउन माग गर्दै विरोधका सूचना दर्ता गरेपनि उक्त सूचना अस्वीकृत भएपछि विधेयक अघि बढाउन बाटो खुलेको हो ।बैठकमा एमाले सांसद भीम रावल, शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।