औपचारिक रुपमा फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता आफूले पाउने राजेन्द्र महतो– महन्थ ठाकुर पक्षले दावी गरेको छ । शनिवार जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुको स्वागत कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री समेत रहेका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टीको आधिकारिकता आफ्नो पक्षमा दिने दावी गरे । उनले देशभर रहेको संगठनका ७० प्रतिशत नेता कार्यकर्ता आफ्नो पक्षमा रहेको जिकिर गरे । महतोले अहिले सरकारमा पुगेको बेला कति दिन काठमाडाैं बस्ने र कति दिन जिल्लाम