पार्टीको आधिकारिकता दावी गर्न प्रधानमन्त्री निर्वाचन आयोगमा

आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आधिकारिक भएको दावी गर्न मंगलवार प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्री ओलीसँगै महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत नेता ...

सम्बन्धित सामग्री

नेकपा विवादबारे आयोगले थाल्यो अध्ययन, आयुक्त भण्डारीले पाए जिम्मेवारी

नेकपा प्रचण्ड–नेपाल समूहले आधिकारिकताको दावी गर्दै निर्वाचन आयोगमा दिएको निवेदनबारे अध्ययन सुरु भएको छ । आयोगका नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीले सोसम्बन्धी प्रारम्भिक विवाद हेर्ने जिम्मेवारी पाएको आयोगका एक अधिकारीले जानकारी दिए ।विवादका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भण्डारीलाई आयोगको आयुक्तमा नियुक्त गरेक...

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाद्वारा अध्यक्ष ओली र महासचिव पौडेल निष्कासित

काठमाडौं । प्रचण्ड-नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । यस्तै, महासचिव विष्णु पौडेललाई पनि निष्कासित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सोमबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको चौथो बैठकले यस अघिको स्थायी कमिटीबाट आएको प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘बैठकले यस अघि बसेको स्थायी कमिटीको प्रस्ताव अनुसार केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको छ । साथसाथै स्थायी कमिटीले नै पार्टीबाट महासचिवलाई पदमुक्त गरिसकेको सन्दर्भमा त्यो निर्णयलाई पनि केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।’ बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘निर्वाचन आयोगले पार्टीको विधान अनुसार पार्टीका बैठकहरु गरेर पार्टीको पदाधिकारीको सन्दर्भमा फेरबदल गरिएको निर्णय सहित अध्यावधिक गर्न अनुरोध गरेकोमा त्यो अध्यावधिक गर्ने बारेमा जुन पत्र निर्वाचन आयोगले हाम्रो पार्टीलाई पठाएको छ त्यस सन्दर्भमा पार्टीको तर्फबाट लिखित जवाफ सहित पार्टीको आधिकारिकताको दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने पनि बैठकले निर्णय लिएको छ ।’ प्रतिनिधि सभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमको विरुद्धका कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको र अर्को चरणको संघर्षका कार्यक्रम घोषणा भइसकेको सन्दर्भमा पार्टीका सबै कमिटीहरुलाई परिचालन हुन निर्देश्न जारी गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । नेकपाले म्यान्मारको सेनाले सत्ता हातमा लिएको घटनाको पनि विरोध गरेको छ ।

प्रचण्ड-नेपाल पक्षको निवेदन निर्वाचन आयोगले फिर्ता गरेको ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी केपी शर्मा ओलीले नेकपामा आएको विवादपछि आधिकारिकताका लागि प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदिएको दावी गरेका छन् ।शुक्रबार प्रवासी नेपाली मन्चका कार्यकर्तालाई जुममार्फत सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सूर्य चिन्ह र नेकपा पनि आफ्नै समूहको हुने दावी गरे । ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपेगेको, कानुन उल्लेख नभएको, फिर्ता पठाएको छ हिजो’ ओलीको भनाइ थियो ।