निर्वाचन आयोगले सडक होइन, कानुन हेरेर निर्णय दिनुपर्छ : पूर्वप्रमुख आयुक्त श्रेष्ठ

६ माघ, काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकताको विवाद निरुपणमा निर्वाचन आयोग प्रभावित हुन नहुने बताएका छन् । नेकपाको दुवै पक्षले आधिकारिकता दावी गरिरहेको अवस्थामा आयोग डर, धम्की र आन्दोलनबाट नडराई कानुन हेरेर विवाद निरुपण गर्नुपर्ने बताएका हुन् । ‘निर्वाचन आयोग संवैधानिक आयोग हो संविधानले तोकिदिएको स्पष्ट क्षेत्राधिकार छ […]