कानुन व्यवसायीहरुले जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा निवेदन दिन उपेन्द्र यादवलाई सुझाव दिएका छन् । जसपाको विवादबारे निर्वाचन आयोगले दिएको निर्णयबारे पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन व्यवसायीहरुसँग आज परामर्श गर्दा यस्तो सुझाव दिएका हुन् । निर्वाचन आयोगले गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालत जान सकिन्छ, तर, बहुमत नै छ भने पार्टीको आधिकारिकता दावी गर्न यादव निर्वाचन आयोग जान सक्नेबारे सुझाव दिइएको अधिवक्ता वीरेन्द्र ठाकुरले बताए । &nb