काठमाडौंः यतिवेला विश्व सुन्दरी प्रतियोगिता 'मिस वर्ल्ड'को ७० औँ संस्करण पोर्टो रिकोको राजधानी सान जुवानमा भइरहेको छ। बेलायती एरिक मार्लेको अवधारणामा सन् १९५१ देखि सुरु भएको यो प्रतियोगिता विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित सुन्दरी प्रतियोगिता हो। कोरोनाका कारण गत वर्ष मिस वर्ल्ड आयोजना हुन सकेको थिएन। त्यसअघि सन् २०१९ मा बेलायतको लन्डनमा आयोजित प्रतियोगितामा १ सय ११ देशले प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पर