काठमाडौं : नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट हटाउन सोमबार सभामुखलगायत विभिन्न दलका नेतालाई भेटेको छ। लामो समयदेखि आन्दोलन गर्नुका साथै इजलास बहिष्कार गर्दै आएका एसोसिएशन पदाधिकारीले भेट गरी सहयोग गर्न आग्रह गरेका हुन्।उनीहरूले सभामुख अग्निप्रसाद सापकोटा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक लक्ष्मणलाल कर्ण र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ‚ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई‚ नेकपा एमाले संसदीय दलका उपन