काठमाडौँ– नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन सभामुख अग्निप्रसाद सापकोटसँग आग्रह गरेको छ। सोमबार सभामुख सापकोटलाई ज्ञापनपत्र बुझाउँदै बारका पदाधिकारीले प्रधानन्यायाधीश जबराले संवैधानिक दायित्व पूरा नगरेको भन्दै उनलाई हटाउनुपर्ने धारणा राखेको हो। बारले भेटका क्रममा प्रधानन्यायाधीश जबराले संसदीय सुनुवाइ समितिमा व्यक्त गरेका प्रतिवद्धता पूरा नगरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएको थियो। जबरा […]