काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लब २२ औँ संस्करणकाे तिलोत्तमा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ ।बुटवलको देवीनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा भएको दोस्रो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टीमा ४–३ गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो ।मनाङले अब उपाधिका लागि पर्सि शनिवार सुदूरपश्चिम–११ सँग खेल्ने छ । हिजो बुधवार थ्री स्टार क्लबलाई १–० गाेलले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।तिलाेत्तमा गाेल्ड कप...