चीनको राजधानी बेइजिङमा पहिलो पटक कोरोनाको ओमक्रोन भेरियन्ट पुष्टि भएको छ ।
कोभिडका कारण दक्षिणी सहर झुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको हो । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो । पछिल्ला साता चीनमा लाखौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।
आगामी ४ जनवरीदेखि बेइजिङमा हिउँदे ओलम्पिक हुँदै गर्दा ओमिक्रोन पुष्टि भएको हो।