काठमाडौँ – नेपालमा थप २४ जनामा काेराेना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्लोपटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको हो। पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको […]