संविधान र व्यवस्थाका विरुद्धमा संसद्मा बोल्ने छुट कसैलाई पनि छैनः महेन्द्र बहादुर शाही

काठमाडौं, १३ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले संसद्भित्र संविधान र व्यवस्थाको विरुद्धमा बोल्ने अधिकार कसैलाई नरहेको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा रहेर यही व्यवस्था विरुद्ध बोल्ने छुट कसैलाई नरहेको बताएका हुन् । उनले दुई तिहाई बहुमत […]

सम्बन्धित सामग्री

जीवन बहादुर शाही भन्छन्– अब त ढुक्क भइयो !

कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही राजीनामा दिन सकारात्मक देखिएका छन्। त्यसका लागि काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले केही समयअघि छलफल गरिसकेका छन् । छलफलपछि  रातोपाटीसँग कुरा गर्दै काँग्रेस नेता शाहीले मुख्यमन्त्रीले सत्ता हस्तान्तरण गर्ने कुरामा आफू ढुक्क रहेको बताए ।  'उहाँ सकारात्मक हुनुहुन्छ,’उनले भने,‘ बाहिर जति कुरा आएपनि जहिले पनि उहाँ सकारात्मक नै हुनुहुन्थ्यो । यदि सकरात्मक नभएको भए त वैशाख ३ मा सहमति नै हुन्थेन नि ! उहाँहरु

राजीनामा दिन मुख्यमन्त्री शाही सकारात्मक, बोलाइयो मन्त्रिपरिषद् बैठक

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही राजीनामा दिन सकारात्मक भएका छन् । काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले आफूसँगको छलफलमा मुख्यमन्त्री शाही राजीनामा दिन सकारात्मक भएको रातोपाटीलाई बताए । ‘राजनीतिमा अल्टिमेटम भन्ने हुँदैन । हामीबीच भएको समझदारीअनुसार मुख्यमन्त्रीजी अगाडि बढ्नुहुन्छ भन्नेमा विश्वस्त छु’, ‘क्याबिनेट बोलाइएको छ, राजीनामा आउँछ भन्नेमा विश्वस्त छु।’यसैगरी कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीता कुमारी नेपालीले पनि बैशाख ३ को सहमति कार्यान्व

कर्णालीमा अध्यादेशबाट बजेट ल्याउने तयारी, प्रदेशसभाको चालू अधिवेशन अन्त्य

महेन्द्र बहादुर शाही नेतृत्वको सरकारको सिफारिशमा कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ ।  प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेदेखि प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्य गरेका हुन् । बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम चालू अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को लगातारको अवरोधका...

कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

नेकपा एमालेले माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा सहभागि तीन मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिएको छ । शुक्रवार बसेको संसदीय दलको बैठकले तीन मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिएको मुख्य सचेतक गुलावजंग साहले लोकान्तरलाई जानकारी दिए ।  बैठकले सरकारमा सहभागि अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा गर्न निर्देशन दिएको हो । ‘सर्वोच्च अदालतले सांसद पुर्नवहाली गरिदिएको सन्दर्भमा सरकार छाडेर आउन तीनजना माननीयलाई निर्देशन दिएका छौं, यतिदिन भित्र भनर समय स...

फ्लोर क्रस गर्ने कर्णालीका चार एमाले सांसदलाई पार्टीबाट आजै हटाउने तयारी

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा ह्वीप उल्लंघन गर्ने चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टी सदस्यताबाटै हटाउने तयारी गरेको छ । शुक्रबार (आज) बस्ने नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी निर्देशनविपरीत शाहीको पक्षमा मतदान गरेका प्रदेश सभा सदस्यहरुलाई पार्टी र प्रदेश सभा सदस्य पदबाट हटाउन लागेको हो ।गतसाता पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार बिहान भेटवार्ता भएको छ ।  पछिल्लो विकसित राजनीतिक घटनाक्रमकै बीच भएको सो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।   शुक्रबार कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार नेपाल समूहका ४ सांसदले सघाएकै कारण ढल्नबाट जोगिएको थियो । स्रोतका अनुसार कोटेश्वरस्थित एक घरमा दुई नेताबीचको भेटमा कर्णालीको विषयमा छलफल हुनुका साथै अन्य रणनीतिक विषयमा पनि छलफल भएको छ । भेटमा माओवादी प्रवक

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादी केन्द्रको सांसदहरुलाई अपिल

सुर्खेत : कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रले सांसदहरुलाई सार्वजनिक अपिल गरेको छ। शुक्रवार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन सत्तारुढ दल माओवादी केन्द्रले अपिल गरेको हो। माओवादी केन्द्रले…