सोमबार एकैदिन दुई प्रदेश (कर्णाली र प्रदेश १) का मुख्यमन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका छन् । नेकपा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही र नेकपा एमालेका भीम आचार्य क्रमशः कर्णाली र प्रदेश १ को मुख्यमन्त्रीबाट राजीनामा दिएर सरकारबाट एक्जिट भएका हुन् । दुवै मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत पाउन नसक्ने अवस्था आएपछि राजीनामा दिन बाध्य भएका थिए । कर्णालीमा मुख्यमन्त्री शाहीको राजीनामासँगै काँग्रेसका जीवनबहादुर शाहीले सरकारको नेतृत्व गर्ने मौका पाएका छन् भने प्रदेश १ मा न