कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही राजीनामा दिन सकारात्मक देखिएका छन्। त्यसका लागि काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले केही समयअघि छलफल गरिसकेका छन् । छलफलपछि रातोपाटीसँग कुरा गर्दै काँग्रेस नेता शाहीले मुख्यमन्त्रीले सत्ता हस्तान्तरण गर्ने कुरामा आफू ढुक्क रहेको बताए । 'उहाँ सकारात्मक हुनुहुन्छ,’उनले भने,‘ बाहिर जति कुरा आएपनि जहिले पनि उहाँ सकारात्मक नै हुनुहुन्थ्यो । यदि सकरात्मक नभएको भए त वैशाख ३ मा सहमति नै हुन्थेन नि ! उहाँहरु