राजीनामा दिन मुख्यमन्त्री शाही सकारात्मक, बोलाइयो मन्त्रिपरिषद् बैठक

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही राजीनामा दिन सकारात्मक भएका छन् । काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले आफूसँगको छलफलमा मुख्यमन्त्री शाही राजीनामा दिन सकारात्मक भएको रातोपाटीलाई बताए । ‘राजनीतिमा अल्टिमेटम भन्ने हुँदैन । हामीबीच भएको समझदारीअनुसार मुख्यमन्त्रीजी अगाडि बढ्नुहुन्छ भन्नेमा विश्वस्त छु’, ‘क्याबिनेट बोलाइएको छ, राजीनामा आउँछ भन्नेमा विश्वस्त छु।’यसैगरी कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीता कुमारी नेपालीले पनि बैशाख ३ को सहमति कार्यान्व