महेन्द्र बहादुर शाही नेतृत्वको सरकारको सिफारिशमा कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेदेखि प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्य गरेका हुन् ।
बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम चालू अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को लगातारको अवरोधका...