नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार बिहान भेटवार्ता भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमकै बीच भएको सो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार नेपाल समूहका ४ सांसदले सघाएकै कारण ढल्नबाट जोगिएको थियो । स्रोतका अनुसार कोटेश्वरस्थित एक घरमा दुई नेताबीचको भेटमा कर्णालीको विषयमा छलफल हुनुका साथै अन्य रणनीतिक विषयमा पनि छलफल भएको छ । भेटमा माओवादी प्रवक