नेकपा अध्यक्ष पुष्पकमल दाहालले अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको भएको बताएका छन् । सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै दाहालले अहिले लडाइँ पदका लागि नभएर अग्रगमन र प्रतिगमनको भएको बताएका हुन् ।