काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको ४० हजार ११३ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी असार १८ गतेबाट यो शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला