महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उच्च सरकारी वकिल कार्यालय पीडितको अड्डा भएकाले पीडितलाई न्याय र पीडकलाई कानुनी दायरामा ल्याउने कार्यमा थप प्रभावकारी रुपमा काम गर्नेुपर्ने बताएका छन् । उच्च सरकारी वकिल कार्यालय तुलसीपुरको नयाँ कार्यालय भवनको उद्घाटन गर्दै उनले पीडितलाई न्याय दिलाउन मुद्दा गम्भीर भएर अभियोजन, अनुसन्धान भए मात्र अदालतले पीडितका पक्षमा फैसला गर्ने भएकाले तीनवटै निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए ।