साउदीमा एक हप्तामा कानुन उल्लङ्घन गर्ने १६ हजार आप्रवासी पक्राउ

काठमाण्डौ – साउदीमा गएको एक हप्ता मात्रै त्यहाँको कानुन उल्लंघन गर्ने १६ हजार आप्रवासी पक्राउ परेका छन् । आवासीय, श्रम र सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गर्नेहरुलाई पक्राउ गरेको त्यहाँको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । आवासीय कानुन उल्लंघन गरेका पाँच हजार चार सय ३६ जनालाई पक्राउ गरेको छ । त्यस्तै नौ हजार ७५ सीमा सुरक्षा उल्लंघन गर्ने र श्रम कानुन उल्लङ्घन गर्ने एक हजार तीन सय ८९ जनालाई पक्राउ गरेको हो । अहिलेसम्म साउदीमा यस्ता कानुन उल्लंघन गर्ने ७८ हजारभन्दा बढीमाथि कानुनी कारबाही चलिरहेको गल्फ...