युक्रेनी सेनाले बिहीबार देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ।
‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ सेनाका जनरल स्टाफले भने ।युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेन विरुद्ध रुसले सैन्य कारबाही शुरु गरेपछि देशमा मार्शल लको घोषणा गरेका छन् ।गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ। कीभमा बोरिस्पिल अन्तरराष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् । नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ ।रुसी राष्ट्रपतिले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्र डोनेट्स्क र लुह्यान्सकलाई स्वतन्त्रको राष्ट्रको मान्यता दिएसंगै त्यस क्षेत्रमा आक्रमणको आदेश दिएका हुन्।समाचार संस्था द गार्जियनका अनुसार पुटिनले युक्रेनी र रुसी सेना आमने सामने हुनु अपरिहार्य रहेको बताएका छन्। उनले नेटोलाई युक्रेनको भूमिमा थप अगाडी नबढ्न समेत चेतावनी दिएका छन् । अहिलेको परिस्थितिले रुसलाई निर्णायक कदम लिन बाध्य बनाएको र सैन्य कारवाही जनतालाई बचाउनको लागि रहेको उनले बताएका छन् । उनले युक्रेनीलाई चेतावनी दिदै भनेका छन् 'तिमीहरुको पुस्ताले रुस बिरुद्द लडेका थिएनन् , तिमीहरु पनि हतियार बुझाएर फिर्ता जाउँ, युद्द बह्ये त्यसको जिम्मेवारी युक्रेनले लिनु पर्ने छ' । हाल युक्रेनमा संकटकाल घोषणा गरिएको छ ।