भारतवर्षका प्राचीन ग्रन्थहरूमा आजभन्दा लगभग १० हजार वर्षपहिले विमानहरूको चर्चा गरिएको पाइन्छ । रामायणमा रावणको पुष्पक विमान एउटा उदाहरण भयो । सैनिक क्षमता भएका विमानको प्रयोग, विमानहरूको भिडन्त तथा विमान अदृश्य हुने र एउटा विमानले अर्कोलाई लखेट्ने कुराहरू पुराणमा वर्णन गरिएका पाइन्छन् । प्राचीन विमान दुई किसिमका थिए : मानव निर्मित विमान जुन आधुनिक विमान जस्तै पंखको सहायतामा उड्थे अनि आश्चर्यजनक विमान जुन एलियनको यूएफओ जस्ता देखिन्थे । ऋग्वेदमा कम्तीमा पनि २०० चोटि विमानहरूको चर्चा भेटिन्छ । तिनमा तीनतल्ले, त्...