यती एयरलाइन्सद्वारा नयाँ विमान थप

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले नयाँ विमान थप गरेको छ । यसअघि पाँच वटा विमान सञ्चालन गर्दै आएको यतीले आज सोमबारदेखि नयाँ विमान थप गरेको हो । यती एयरलाइन्सको छैटौँ विमान सोमबार दिउँसो ३ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अस्ट्रेलिया, सिङ्गापुर