पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान अझै फेला पर्न सकेको छैन । सो विमान मुस्ताङकै थासाङ गाउँपालिका आसपास बेपत्ता भएको बताइएको छ । थासाङ–५ का वडा अध्यक्ष रुपेश तुलाचनले विमान आएको आवाज आफूहरुले सुनेको तर केहीबेर मै सो विमान हराएको खबर पाएको बताए ।रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘बिहान हवाईजहाज आएको आवाज सुनेको हो । मैले बुढीसँग कुरा पनि गरेँ– यस्तो मौसममा पनि प्लेन आए छ है भनेर । पछि त हरायो भनेर खबर आयो ।’ प्रहरीसँग समन्वय गर्दा हाम्रै ठाउँ (लेते, कुञ्जो) तिर सो