नेपालले सिफारिस गरेका सवा चार अर्बका ११२ आयोजनामध्ये ६ वटा मात्रै भारतीय दूतावासबाट स्वीकृत
आयोजनामा ढिलाइ हुँदा एकातर्फ जनता सुविधाबाट वञ्चित छन् भने अर्कातर्फ आयोजनाको लागत बढिरहेको छ
छिमेकी मुलुक भारतको सहयोग...
सर्लाही- वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन पैदावार विकास समितिका एक सय ९४ कर्मचारीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । समिति मातहतका सागरनाथ वन विकास परियोजना सर्लाही, रतुवामाई वृक्षरोपण आयोजना केरखा झापा र समितिमा कार्यरत कर्मचारीले तलब नपाएको गुनासो गरेका हुन् ।
समितिका नौ जना, सागरनाथ वन विकास परियोज...
सर्लाही- वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन पैदावार विकास समितिका एक सय ९४ कर्मचारीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । समिति मातहतका सागरनाथ वन विकास परियोजना सर्लाही, रतुवामाई वृक्षरोपण आयोजना केरखा झापा र समितिमा कार्यरत कर्मचारीले तलब नपाएको गुनासो गरेका हुन् ।
समितिका नौ जना, सागरनाथ वन विकास परियोज...
सर्लाही, ३ जेठ । सागरनाथ वन विकास परियोजनाका एक सय ४६ कर्माचारीले नौ महिनादेखि तलब खान नपाएपछि आन्दोलनमा उत्रिएका छन् । सागरनाथ वन विकास परियोजना मजदुर युनियन र नेपाल निजामती कर्माचारी सङ्गठन प्रारम्भिक कार्य समितिका पदाधिकारीले संयुक्तरुपमा आन्दोलन सुरु गरेका परियोजनाको मजदुर युनियन अध्यक्ष सन्तोष साह तेलीले जानकारी दिए । उनीहरूले परियोजनाको कार्यालयमा तालबन्दी पनि […]
उनले बुधबार अमेरिकी संसद्को विदेश सम्बन्ध समितिमा आफ्ना भनाइ राख्दै चीनको दुष्प्रचारबीच गत फेबु्रअरीमा नेपालको संसद्ले ५ सय मिलियन अमेरिकी डलरको विकास परियोजना अनुमोदन गरेको बताएका हुन्।...
‘५० भन्दा बढी देशमा एमसीसी सम्झौता भएको छ । इण्डोनेसिया, मंगोलिया लगायतका देशले पहिलो श्रृङ्खलाको सहयोग उपयोग गरिसकेर दोस्रो चरणको काम भइरहेको छ । तीन सय किलोमिटरभन्दा ठूलो सडक, ठूलो क्षमताको ट्रान्समिटर लाइनको प्रस्ताव हामीले नै पहिले तय गरेका छौं ।’, एमसीसी अमेरिकाको संसदद्धारा गठित एक विशिष्ट संगठन भएको काँग्रेस नेता डा. प्रकाशशरण महत बताउनुहुन्छ ।
तनहुँको देवघाट गाउँपालिकामा पछिल्लो समय व्यावसायिक बाख्रपालन तर्फ किसानहरुको आकर्षण बढेको छ । गाउँपालिका र विभिन्न गैरसरकारी संस्थाका परियोजनाहरुले पशुपालनमा राम्रो अनुदानसहित प्रोत्साहन गर्न थालेपछि कृषकहरुको आकर्षण बढेको हो ।
गत वर्षदेखी देवघाट गाउँपालिकाको समन्वयमा सञ्चालित हेफर इन्टरनेशनल नेपाल तथा समृद्धि नेपाल तनहुँको साझेदारीमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना मार्फत कृषकहरु बाख्रा पालनमा आबद्ध भएका छन् । देवघाटको पाँच वटै वडामा सञ्चालित उक्त परियोजनामा हाल १४ समूहमा ३ सय ५० घरधुरी कृषक आबद्ध छन् । सोही परियोजना मार्फत कृषकहरु बाख्रा पालनमा संलग्न भएका हुन् ।
परियोजनाको लक्ष्य प्रत्यक्षरुपमा आबद्ध परिवारहरुको वार्षिक आम्दानीमा वृद्धि गरी जीविकोपार्जनमा सुधार गर्नु रहेको परियोजना संयोजक डा. सम्राट अधिकारीले बताउनु भयो । परियोजनामा आबद्ध महिलाहरुलाई स्वावलम्बी समूहहरु तथा सहकारीमा आबद्ध गरी सामाजिक पुँजीको अभिवृद्धि गर्नु, सुधारिएको बाख्रा व्यवस्थापन र उन्नत प्रविधिहरुको अनुसरणबाट बाख्राको उत्पादन, उत्पादकत्व र उद्यमशीलता अभिवृद्धि गर्नु र संस्थागत संयन्त्र निर्माण गरी सकारात्मक वातावरण सृजना गर्नु रहेको अधिकारीले जानकारी दिनु भयो ।
डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका आठ वटा सामुदायिक विद्यालयका आठ सय ५१ विद्यार्थीलाई स्व–अध्ययन सामग्री वितरण गरिएको छ । गुडनेभर्स इन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा ७ मं वडामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजना अन्तर्गत बाल विकासदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने आठ सय ५१ विद्यार्थीलाई अध्ययन सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष हेमराज जोशीले जानकारी दिनुभयो ।
कोभिड–१९ को समयमा विद्यालय बन्द रहेका र पाठ्यपुस्तक वितरण भए पनि औपचा...
४ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमामा करिब दुई अर्ब रुपैयाँ लगानीको एकीकृत आवास विकास परियोजना सुरु भएको छ । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले एक सय बढी सुविधासम्पन्न आवासीय भवन बनाउने गरी परियोजना सुरु गरेको हो …
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इलामका चारवटा पालिकामा पर्यटनसम्बन्धी आयोजना सञ्चालनका लागि स्थानहरु छनोट गरेको छ ।
मन्त्रालयले दुई सय गन्तव्य आयोजना सूचीमा इलामका देउमाई नगरपालिकास्थित पानीटार पर्यटन विकास तथा सिद्धिथुम्का टावर पार्क, चुलाचुली गाउँपालिकाको शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र, माई नगरपालिकाको माई पर्यापर्यटन सिटी विकास परियोजना र सन्दकपुर गाउँपालिकाको माईपोखरी÷जोरपोखरी एकीकृत पर्यटकीय पार्क निर्माण सञ्चालन तथा व्यवस्थापनको योजना सार्वजनिक गरेको छ ।
देउमाईस्थित आयोजनाका लागि ५० लाख रुपियाँ लागत साझेदारी र मन्त्रालयको ९४ लाख रुपियाँ लागत गरी एक करोड ४४ लाख रुपियाँ अनुमान गरिएको छ । चुलाचुली गाउँपालिकास्थित शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र निर्माणका लागि एक करोड ५० लाख लागत साझेदारीमा मन्त्रालयको तीन करोड ५० लाख रुपियाँ गरी पाँच करोडको योजना अनुमान गरिएको छ । माई नगरपालिकाको माई पर्यापर्यटन सिटी विकास परियोजनाका लागि दुई करोड ४५ लाख रुपियाँको लागत साझेदारीमा मन्त्रालयको चार करोड ५५ लाख रुपियाँ लागत गरी सात करोड रुपियाँको योजना सार्वजनिक गरिएको छ ।