सामुदायिक विद्यालयका विद्यार्थीलाई स्व–अध्ययन सामग्री

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका आठ वटा सामुदायिक विद्यालयका आठ सय ५१ विद्यार्थीलाई स्व–अध्ययन सामग्री वितरण गरिएको छ । गुडनेभर्स इन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा ७ मं वडामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजना अन्तर्गत बाल विकासदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने आठ सय ५१ विद्यार्थीलाई अध्ययन सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष हेमराज जोशीले जानकारी दिनुभयो । कोभिड–१९ को समयमा विद्यालय बन्द रहेका र पाठ्यपुस्तक वितरण भए पनि औपचा...