४ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमामा करिब दुई अर्ब रुपैयाँ लगानीको एकीकृत आवास विकास परियोजना सुरु भएको छ । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले एक सय बढी सुविधासम्पन्न आवासीय भवन बनाउने गरी परियोजना सुरु गरेको हो …
अफगानिस्तानको कामचलाउ सरकारको सार्वजनिक निर्माण मन्त्रालयले मार्च २१, २०२३ देखि हालसम्म ११० भन्दा बढी विकास तथा मर्मत सम्भार परियोजना सुरू गरेको मन्त्रालयका प्रवक्ता अशरफ हकशेनासले बताएका छन्।हकशेनसलाई उद्धृत गर्दै टोलोन्यूजले आइतबार प्रकाशित गरेको समाचारअनुसार विगत १० महिनामा दुई अर्ब अफगानी (एक अमेरिकी डलर बराबर ७० अफगानी रूपैया) मूल्यका ९० भन्दा बढी मर्मत सम्भार परियोजना सम्पन्न भएका छन्।हकशेनासका अनुसार सुरू गरिएका परियोजनामा देशका विभिन्न भागमा करिब एक हजार किलोमिटर सडक, ३० वटा पुलका खम्बा,
काठमाडौं, २४ असोज । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको नेरु १.९२ करोड आर्थिक सहयोगमा काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको आज उद्घाटन गरिएको छ । नेपालस्थित् भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले आज (बुधबार) संयुक्त रुपमा उद्घाटन गरी औपचारिक रुपमा […]
अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को औपचारिक कार्यान्वयन पाँच वर्षीय सेवा अवधि सुरु भइसकेको छ। यो कार्यान्वयनको चरणमा जाँदै गर्दा नेपालमा विरोध गर्नेहरूको संगठित आवाज पनि सुनिन थालेको छ। खास एमसिसी एउटा विकास परियोजना अनुदानमा आधारित परियोजना किन यति धेरै विवादमा पर्यो? यसको विरोध किन भइराखेको छ ? हामीलाई यति बेला अमेरिकी सहायताबाट […]
काठमाडौँ– नेपालमा चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) खारेज गर्नुपर्ने आवाज उठेको छ । राष्ट्रिय एकता अभियानद्वारा आयोजित बीआरआई विकास परियोजना की चिनियाँ विस्तारवाद विषयक विचार गोष्ठिमा बीआरआई परियोजना खारेज हुनुपर्ने आवाज उठेको हो । उक्त कार्यक्रमकी प्रमुख अतिथि तथा मधेसी आयोगकी सदस्य रेणु देवीले नेपालमा चिनियाँ विस्तारवाद बन्द गर्नुपर्ने माग गरिन् । […]
काठमाडौं (अस) । महिला नेतृत्वको व्यवसाय तथा उपभोक्ता उत्थानशील विकास परियोजना सम्पन्न भएको छ । ठूलो डटकम र व्यवस्थापन, आर्थिक सुधार तथा लैंगिक समानताका लागि उद्यम (इमर्ज)ले मिलेर महिला उद्यमीहरूको सशक्तीकरणमा पहल गर्न उद्यमी उत्थान अभियान अन्तर्गत सो परियोजना शुरू गरेका थिए । यस परियोजनालाई अमेरिकी सहयोग नियोग (यूएसएड)को तयार नेपाल, सुधारिएको विपद् जोखिम व्यवस्थापन परियोजनाले सहयोग गरेको थियो ।
परियोजनाबाट प्राप्त नतीजाहरूबारे जानकारी दिन र यो सम्पन्न भएको घोषणा गर्न सन् २०२२ को मे ११ मा भर्चुअल र प्रत्यक्ष दुवै माध्यमबाट वर्कशपको आयोजना गरिएको थियो । कार्यक्रममा इमर्जकी सीईओ डा. मोना श्रेष्ठ अधिकारीले सहभागीहरूको स्वागत गरेकी थिइन् । यस क्रममा परियोजनाले उत्थानशील व्यवसाय निर्माण गर्न तालीम उपलब्ध गराएको, हितकारीलाई ठूलो डटकमबाट ई–कमर्श मञ्चहरूमा आबद्ध गराएको, वित्तमा पहुँच र व्यवसायको निरन्तरता एवं विस्तारका लागि आवश्यक जोखिम रकमको जोहो गरेको लगायत जानकारी पनि उनले दिएकी थिइन् ।
परियोजनाले व्यवसाय र उपभोक्तालाई विपद् जोखिम न्यूनीकरण व्यवस्थापनबारे वेबपेज र मोबाइल एपबाट सचेतना पनि जगाएको थियो । आफूले दिएको अनुदान कार्यान्वयनका लागि ठूलो डटकम र इमर्जसँगको सहकार्य महत्त्वपूर्ण रहेको यूएसएड अन्तर्गत तयार नेपालको चीफ अफ पार्टी त्यामी ह्यारिसले बताइन् ।
वैशाख २९, काठमाडौं । घरेलु सामाग्री उत्पादक महिलाहरु समेत रहेको महिला नेतृत्वको व्यवसाय तथा उपभोक्ता उत्थानशील विकास परियोजना सम्पन्न भएको छ ।
ठूलो डट कम र व्यवस्थापन, आर्थिक सुधार तथा लैंगिक समानताका लागि उद्यम (इमर्ज) ले मिलेर महिला उद्यमीहरुको सशक्तिकरण पहल गर्न उद्यमी उत्धान अभियान अन्तर्गत सो परियोजना शुरु गरेका थिए ।
यस परियोजनालाई अमेरिकी सहयोग नियोग (यूएसएड)को तयार नेपाल, सुधारिएको विपद् जोखिम व्यवस्थापन परियोजनाले टेवा दिएको थियो । परियोजनाबाट प्राप्त नतिजाहरुबारे जानकारी दिन र यो सम्पन्न भएको घोषणा गर्न सन् २०२२ को मे ११ मा भर्चुअल र प्रत्यक्ष रुपमा दुबै माध्यमबाट वर्कशपको आयोजना गरिएको थियो ।
कार्यक्रममा इमर्जकी सीईओ डा. मोना श्रेष्ठ अधिकारीले सहभागीहरुको स्वागत गरेकी थिइन् । यस क्रममा परियोजनाले उत्थानशील व्यवसाय निर्माण गर्न तालिम उपलब्ध गराएको, हितकारीहरुलाई ठूलो डट कमबाट ई–कमर्श मञ्चहरुमा आबद्ध गराएको र वित्तमा पहुँच र व्यवसायको निरन्तरता एवम् विस्तारको लागि आवश्यक जोखिम रकमको जोहो गरेको लगायत जानकारी पनि उनले दिएकी थिइन् ।
परियोजनाले व्यवसाय र उपभोक्ताहरुलाई विपद् जोखिम न्यूनीकरण व्यवस्थापनबारे निर्धारित वेबपेज र मोबाइल एपबाट सचेतना पनि जगाएको थियो । आफूले दिएको अनुदान कार्यान्वयनका लागि ठूलो डट कम र इमर्जसँगको सहकार्य अद्भूत रहेको यूएसएड–तयार नेपालको चीफ अफ पार्टी त्यामी ह्यारिसले बताइन् ।
काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले भारत सरकारको १.६५ अर्ब अमेरिकी डलर (करिव दुई अर्ब रुपैयाँ) ऋण सहयोगमामा विभिन्न पूर्वाधार विकास परियोजना सञ्चालनमा रहेको जनाएको छ । यो सबै सहयोग भूकम्पपछिको पुनर्निर्माण खर्च भइरहेको दूतावासले जनाएको हो । भारतीय उक्त ऋण सहयोगमा केही परियोजना सम्पन्न भइसकेको र केहीको कार्य भइरहेको दूतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ […]
८ चैत, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) पारित भएपछि यसबारे भ्रम फैलाउन खोजिएको बताएका छन् । एमसीसी विशुद्ध विकास परियोजना भएको उनको भनाइ छ । पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई मंगलबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले एमसीसीबारे आफ्ना नेता÷कार्यकर्तालाई व्रिफिङ गरेका छन् । त्यस क्रममा उनले […]
पर्वत । पर्वतको कुश्मा नगरपालिकामा सघन शहरी विकास कार्यक्रम शुरू भएको छ । शहरउन्मुख कुश्मा नगरपालिकाको भौतिक पूर्वाधार विकास र आयआर्जन मूलक पूर्वाधार विकासका लागि कार्यक्रम शुरू भएको हो । कुश्मा नगरपालिका र सघन शहरी विकास तथा भवन निर्माण विभागसँग कार्यक्रम सञ्चालनका लागि दुईपक्षीय सम्झौता भएको छ ।
सघन शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनाली र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीबीच कार्यविधिमा हस्ताक्षर भई सम्झौता आदानप्रदान भएको हो ।
कुश्मा नगरपालिकाले अधिकांश कच्ची सडकलाई पक्की बनाउने योजना अगाडि सारेको छ । कुश्मा नगरपालिकाको १४ ओटै वडामा पक्की सडक बनाउन ‘एक गाउँ एक पक्की सडक’को अवधारणासहित परियोजना सञ्चालन गरिने नगरप्रमुख रामचन्द्र जोशीले बताए । यसका अलावा आयआर्जनमूलक पूर्वाधार निर्माणका लागि पनि योजना पर्ने उनले बताए । गतवर्ष सदरमुकाम कुश्माबजारको भित्री तथा बाहिरी चक्रपथ कालोपत्र गरेको नगरपालिकाले ग्रामीण सडकमा ध्यान नदिएको नगरवासीको गुनासो थियो ।
यो परियोजना प्रायःजसो ग्रामीण क्षेत्रमा केन्द्रित गर्ने सोचमा रहेको नगरप्रमुख जोशीले बताए । आवश्यकता र प्राथमिकताको आधारमा योजना छनोट गरी चाँडै काम शुरू गर्ने तयारीमा नगरपालिका छ । कार्यक्रमका लागि ५० करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त हुने भएको छ । चालू वर्ष योजना शुरू भए पनि अधिकांश योजना बहुवर्षे कार्यक्रममा समावेश हुने बताइएको छ ।
शहर–उन्मुख कुश्मामा आवश्यकताका आधारमा योजना छनोट गरी कार्यक्रम सञ्चालन गरिने उपप्रमुख सीता काफ्ले लामिछानेले बताइन् । नगरपालिकाको समग्र विकासमा ध्यान दिँदादिँदै बजेटको अभावमा कतिपय योजना अधुरा रहेको अवस्थामा यो कार्यक्रमले पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान गर्ने लामिछानेले उल्लेख गरिन् ।
कार्यक्रमका बारेमा शुक्रवार नगरपालिकामा छलफल भएको थियो । यसैबीच, कुश्मामा बसपार्क निर्माणका लागि सघन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत योजना अगाडि बढाउन नगरपालिकाले सिफारिश गरेको छ । सिटीहलसहितको बसपार्क निर्माण गर्ने गुरुयोजना भए पनि चालू वर्ष १० करोड रुपैयाँ मात्र बजेट प्राप्त भएकाले उक्त बजेटमार्फत कामको शुरुआत गर्न कार्यालयलाई नगरपालिकाले सिफारिश गरेको हो । सिटीहलसहित बसपार्क निर्माण गर्न ७५ करोड रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ । बहुवर्षे योजनामा समावेश भएको सिटिहलसहित बसपार्क निर्माण गर्ने भन्दै कुश्मा नगरपालिकाले गौरवको योजनाको रूपमा अगाडि सारेको छ ।