चाँगुनारायणमा घरबास पर्यटन शुरू

काठमाडौं । रात्रिकालीन पर्यटन प्रवर्द्धनका लागि चाँगुनारायण नगरपालिका–४ चाँगुमा सामुदायिक घरबास सञ्चालन गरिने भएको छ । २०७२ सालअघि केही घरमा सञ्चालनमा रहेका घरबास विनाशकारी भूकम्पपछि बन्द भएका थिए । चाँगुनारायणमा पर्यटकीय आकर्षणको रूपमा विस्तार गर्न नगरपालिकाको आर्थिक सहयोगमा पुनः घरबास पर्यटन शुरू हुने भएको हो । कोभिड–१९ को महामारी शुरू भएपछि संकटमा परेको पर्यटन व्यवसाय पुनः सञ्चालन गर्दै ग्रामीण क्षेत्रका बासिन्दालई पर्यटनसँगै जोड्दै आर्थिक अवस्था उकास्ने उद्देश्यले नगरपालिकाले घरबास सञ्चालनमा सहयोगसमेत गर्ने भएको छ । नगर प्रमुख सोमप्रसाद मिश्रले घरबास सञ्चालन गर्न समस्या भए सहयोग गरिने बताए । ‘पैसा नभएर काम रोकिँदैन, घरबास सञ्चालन गर्न इमानदार भएर काम शुरू गरे सहुलियत पूर्ण ब्याजमा नगरपालिकाले ऋण उपलब्ध गराउन मद्दत गर्नेछ ।’ भक्तपुर आउने पर्यटकमध्ये केही प्रतिशतलाई मात्र नगरकोट र चाँगुनारायण क्षेत्रमा आकर्षित गर्न सके स्थानीयस्तरमा परिर्वतन हुने उल्लेख गर्दै उनले स्थानीय भाषा, कला, संस्कृतिको संरक्षण गर्दै मौलिक खाना पाहुनालाई एकरात राखेर सांस्कृतिक पहिचान देखाउँदै घरबास सञ्चालन गर्न सके झनै लोकप्रिय हुने नगरप्रमुख मिश्रले बताए । चाँगुनारायण नगरक्षेत्रका जंगलमा दुर्लभ वन्यजन्तु, चराचुरुङी रहेको, झरना, पोखरी र सिमसार क्षेत्रको अवलोकन गर्दै पर्यटक रमाउन सक्ने प्रशस्त ठाउँ रहेको भन्दै उनले नगरपालिकाको लगानीमा यस्ता ठाउँको पहिचान गर्न पर्यटकीय गन्तव्य बनाउन विभिन्न संरचना निर्माणमा नगरपालिका जुटेको बताए  नगरपालिकाका उपप्रमुख विना बास्तोलाले आर्थिक समद्धि र विकासका लागि पर्यापर्यटन निकै महत्त्वपूर्ण हुने भन्दै घरबास पर्यटनबाट यहाँको पर्यटन एवं आर्थिक विकासमा टेवा पु¥याउन नगरपालिका तयार रहेको बताइन् । वडा नं ४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले चाँगुनारायण क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न नगरपालिकाले यहाँका सम्पदादेखि मौलिक संस्कृतिको विकासमा लगानी गर्न थालेको बताए ।      यसका लागि नगरपालिकाले चाँगुनारायण मन्दिर जान १००० सिँढी निर्माण, नारायणधारा सिँढी निर्माण, चारहाते भीमसेन सिँढी निर्माण, बसपार्कको सिन्हुख्वाः पोखरीको जीर्णोद्धार गरिएको जानकारी दिए । उनका अनुसार विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर परिसरमा चौघेरा सत्तल निर्माण भइरहेको, नारायण मन्दिर, छिन्नमस्ता मन्दिर, किलेश्वर मन्दिर निर्माण भइसकेको र अरू पनि निर्माण भइरहेको छ ।      ‘एक करोडमा बसपार्क निर्माण सम्पन्न गर्दै छौं, साँखुबाट चाँगुनारायण हुँदै भक्तपुर जाने सडक निर्माण सम्पन्न हुने चरणमा छ, मूलपानी चाँगु नगरकोट सडक निर्माण शुरू गरिएको छ,’ वडाध्यक्ष महर्जनले भने, ‘चाँगुनारायण दृश्यावलोकन परिक्रमा मार्ग निर्माण गरिएको छ, पर्यटकलाई एक रात चाँगुमा बस्ने गरी पर्यटनको विकासमा लागेका छौं ।’ चाँगुमा घरवास सञ्चालनका लागि दर्ता गर्ने क्रम शुरू भएको छ । पछिल्लो समय केही होटल निर्माण भए पनि कोरोनाका कारण सञ्चालन हुन सकेका छैनन् । अब टोल–टोलमै घरबास पनि शुरू गर्ने योजना छ । चाँगुनारायण मन्दिर अवलोकनका लागि विगतमा यहाँ दैनिक ५० देखि २०० सम्म पर्यटक आउने गरे पनि रात बसेर यहाँका प्राकृतिक सौन्दर्य र संस्कृतिमा रमाउन भने सकेका थिएनन् । जनजाति, नेवार, तामाङ, गुरुङ क्षेत्री सबै मिलेर बसेको यहाँ फरक जाति, भाषा, धर्म, संस्कृतिको पहिचान उजागर गर्दै पर्यटकलाई लोभ्याउने कार्यक्रम घरबासमा सञ्चालन गर्ने योजना रहेको बताए । रासस

सम्बन्धित सामग्री

गण्डकी प्रदेशद्वारा घरबास अनुदानमा कडाइ

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक घरबास (होमस्टे)लाई दिइने अनुदानमा कडाइ गरेको छ । यसअघि हचुवाका भरमा अनुदान वितरण गर्दा बजेट दुरुपयोग भएको आरोप मन्त्रालयमाथि लागेको थियो । चालु आवमा प्रतिस्पर्धाका आधारमा प्रदेश निर्वाचन क्षेत्रमा एउटा मात्र घरबास छनोट गरिने मन्त्रालयका प्रशासन, योजना तथा पर्यटन महाशाखा प्रमुख दिनेशप्रकाश अर्यालले बताउनुभयो । “एक …

बजेट दुरुपयोगको आरोप पछि घरबास अनुदानमा कडाइ

‘एक निर्वाचन क्षेत्र, एक नमूना घरबास कार्यक्रमअन्तर्गत ३६ वटा घरबासले मात्र यो वर्ष अनुदान पाउँदैछन्’, उनले भने, ‘६५ घरबासले मन्त्रालयमा प्रस्ताव पेश गरेका छन्, केही दिनमै छनोट प्रक्रिया टुङ्गिन्छ।’...

पर्यटकलाई लोभ्याउन घरबास सञ्चालकलाई तालिम

गोरखा, ४ पुस । लाप्राकमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित एकीकृत नमूनाबस्तीका घरबास सञ्चालकहरुलाई घरबास सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाबीचको साझेदारीमा घरबास सञ्चालकहरुलाई उद्यमशीलता सीप विकास कार्यक्रमअन्तर्गत सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । घरबासका लागि […]

पाहुना नआउँदा सुनसान छन् बागलुङका घरबास

बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन् । पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका …

वर्षा लागेसँगै सुनसान बन्दै लमजुङका घरबास

वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे तामाङ होमस्टेलगायत स्थानका दर्जनौँ घरबास सुनसान बनेका हुन् । वर्षायाममा बाटो अवरुद्ध हुने, यात्रा कठिन हुने, दृश्य राम्रो अवलोकनमा स्पष्टता नहुनेलगायका कारण असार लागेदेखि यहाँका होमस्टेमा पर्यटक सुनसान बन्न थालेको घरबास …

लयमा फर्किदै घलेगाउँका घरबास

लमजुङ, २२ चैत । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा पर्यटक आउन थालेका छन् । समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण सो स्थानका घरबासमा गर्मी लागेसँगै अहिले दैनिक ४०÷५० पर्यटक आउन थालेका हुन् । जाडो बढेसँगै घरबास सुनसान थिए । ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले भने, […]

पुरानो थारु गाउँ सिंहपुरमा घरबास सञ्चालन गरिंदै

कृष्णपुर नगरपालिका-६ स्थित सांस्कृति महत्व बोकेको थारु गाउँ सिंहपुरमा घरबास सञ्चालनको तयारी गरिएको छ।...

सुनसान छन् बागलुङका घरबास

बर्खामा पर्यटकको आगमनमा कमी हुनु, ग्रामीण सडक समस्याग्रस्त हुनु र बाढीपहिराका घटनामा वृद्धिका कारण घरबासमा कमैमात्र पर्यटक पुग्न थालेका हुन्। महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्ष थला परेका घरबास कोरोनापछि राम्रै चलेको पाइएको छ। असारपछि भने...

खजुरामा मगर घरबास सञ्चालन

मगर संस्कृति, संस्कार र सभ्यतामा रमाउन मगर समुदायले घरबास सञ्चालनमा ल्याएका छन्। सुरुमा नौ घरलाई घरबासका रुपमा सञ्चालनमा ल्याइएको छ। 'यसलाई बढाउँदै लैजाने हो', होमस्टे परामर्शदाता पूर्णचन्द्र उपाध्यायले भने।...

पाहुनाको प्रतिक्षामा घरबास

नवलपरासी– सामान्य अवस्था भएको भए विभिन्न कार्यक्रम र पाहुनाले व्यस्त हुने यहाँको घरबास अहिले सुनसान छन् । पाहुनाको स्वागत र सत्कारमा व्यस्त हुने सञ्चालक अहिले घरधन्दाको काम गरेर दिन बिताइरहेका छन् । “अहिले सुनसान छ, कोभिडले पाहुना आउने क्रम अझै सुरु भएको छैन, हामी त पाहुनाको स्वागतका लागि तयारी छौँ”, घरबास सञ्चालक झर्ना बोटेले भने, […]