पुरानो थारु गाउँ सिंहपुरमा घरबास सञ्चालन गरिंदै

कृष्णपुर नगरपालिका-६ स्थित सांस्कृति महत्व बोकेको थारु गाउँ सिंहपुरमा घरबास सञ्चालनको तयारी गरिएको छ।...

सम्बन्धित सामग्री

बाघखोरलाई घरबास गाउँ घोषणा - Nepal Japan

नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ । अमलटारी मध्य

बाघखोरलाई घरबास गाउँ घोषणा

६ जेठ, नवलपरासी। नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती-१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ । अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालितको दश वर्ष पूरा भएका अवसरमा सिङ्गो गाउँलाई नै घरबास घोषणा गरिएको अमलटारी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष …

बाघखोरलाई घरबास गाउँ घोषणा

नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ।

बाघखोरलाई घरबास गाउँ घोषणा

नवलपरासी (बर्दघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ ।

अमलटारी घरबास : अध्ययन र अवलोकनको गन्तव्य

मध्यबिन्दु, २० चैत । नेपालकै उत्कृष्ट मानिने अमलटारी होमस्टे (घरबास) अध्ययन तथा अवलोकनको गन्तव्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ स्थित अमलटारी यतिखेर थारु संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभूति गर्न पाउने स्थलका रुपमा विकास भएको छ । गाउँ पस्नासाथ परम्परागत पोशाकमा सजिएका थारु महिलाले टीकासहित फूूलमालाले स्वागत गर्दा यहाँ आउने जो कोहीको मन […]

पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

आफूहरूले घरबासलाई दगाम सामुदायिक होमस्टे नामाकरण गरेको जनाउँदै उनले विसं २०६५ स्याङ्जाको शिरुबारी गाउँ अवलोकनपछि दगाममा घरबास कार्यक्रम सुरुआत गरेको अनुभव सुनाए।...

बागलुङमा ‘भ्यूटावर’ को भएन संरक्षण

बागलुङको पहिलो घरबास गाउँ भकुण्डेमा रहेको ‘भ्यूटावर’को संरक्षण नहुँदा क्षति पुगेको छ। बागलुङ नगरपालिका–१० स्थित भ्यूटावर विसं २०७६ मा निर्माण सम्पन्न भएको थियो।...

राप्ती नदी बगेको जग्गाको मुआब्जा माग

दाङ– बलरामपुर गाउँ पटक-पटक राप्ती नदीमा आउने बाढीको चपेटामा पर्थ्याे। घरबास सार्दै वर-वर गाउँ आयो। अग्लो र सुरक्षित स्थानको खोजीमा थतथालो नै छोडियो। जहाँ बस्ती थियो, त्यो ठाउँमा अहिले नदी बगिरहेको छ। नदी बगेको क्षेत्रमा धेरैको लम्बरी अर्थात् पुर्जावाला जग्गा छ। त्यो पुर्जावाला जग्गा बगरमा परिणत भएको छ। राप्ती नदी विभिन्न हाँगा बनाएर बग्दै आएको […]

कोभिडपछि लयमा फर्किंदै स्याङ्जाका घरबास

स्याङ्जा । कोभिड–१९ का कारण बन्द रहेका स्याङ्जाका घरबास (होमस्टे) विस्तारै खुल्न थालेका छन् । कोरोना संक्रमणको जोखिमका कारण बन्द भएका जिल्लाका विभिन्न ठाउँका होमस्टेहरू संक्रमण घटेसँगै पुनः सञ्चालन हुन थालेका हुन् । जिल्लाका ११ स्थानीय तहमा स्थापित पुराना तथा नयाँ घरबास कोभिडका कारण ठप्पप्रायः थिए । जिल्लामा दक्षिण एशियाकै पहिलो मानिएको सामुदायिक घरबास (सिरुबारी) सहित अन्य पुराना तथा नयाँ घरबास सञ्चालनमा छन् । देशको १०० नयाँ पर्यटकीय गन्तव्यमा पर्न सफल सिरुबारीमा रहेका होमस्टेहरू कोभिडको जोखिम घटेसँगै फागुन पहिलो सातादेखि सञ्चालनमा आएको सिरुबारी सामुदायिक होमस्टेका व्यवस्थापक उर्मिला गुरुङले बताइन् । ‘कोभिडको पहिलो लहरबाट उठ्न खोज्दा खोज्दै दोस्रो र तेस्रो लहरको नयाँ भेरियन्ट आयो,’ व्यवस्थापक गुरुङले भनिन्, ‘देशव्यापी रूपमा महामारी बढेसँगै यहाँ आन्तरिक तथा बाह्य पाहुना आउने क्रम रोकियो, अहिले संक्रमण घटेसँगै पुनः सञ्चालनमा ल्याएका छौं ।’ ३९ घरबाट शुरू भएको घरबास हाल २० घरमा सञ्चालित छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो । यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट स्वागत गरिन्छ । विशेषगरेर यहाँ घरबासको व्यवस्थापन पक्षका बारेमा बुझ्न टाढा टाढाबाट पाहुना आउने गर्छन् । कोभिडका कारण बन्द भएको फेदीखोला गाउँपालिका–१ रामकोटको नानीफूपू होमस्टे पनि सञ्चालनमा आएको अध्यक्ष खगीकुमारी गुरुङले बताइन् । ‘घरबासमा आउन देशका विभिन्न भागबाट फोन आउने गरेको थियो,’ अध्यक्ष गुरुङले भनिन्, ‘जोखिमलाई ध्यानमा राखेर पाहुनालाई नआउन अनुरोध गर्दै फर्कायौं, अहिले संक्रमण कम हुँदै गएपछि पुनः सञ्चालनमा ल्याएका छौं ।’ वालिङ नगरपालिका–४ एलादीमा रहेको सुन्तलाबारी सामुदायिक घरबासलाई पनि कोभिडले नराम्रो असर पार्‍यो । दैनिक ४०–५० जना आन्तरिक तथा बाह्य पाहुना आउने गरेको उक्त घरबास अझै खुल्न सकेको छैन । कोभिडको पहिलो लहरमा पूर्णरूपमा बन्द रहेको उक्त घरबास दोस्रो र तेस्रो लहरको शुरुआती चरणबाटै बन्द गरेर पाहुनालाई नआउन अनुरोध गरिएको होमस्टेका अध्यक्ष डिलविक्रम गुरुङले बताए । ‘कोभिड संक्रमण कम हुँदै गएकाले छिट्टै बैठक बसेर सञ्चालनको निर्णय गर्छौं,’ उनले भने । यता, वालिङ–५ मा रहेको पित्लेक देउराली घरबासमा भने पर्यटकको चासो देखिएको छ । ‘घरबास सञ्चालनमा आएसँगै जिल्लाभित्र तथा बाहिरीबाट संघ, संस्था, समूह तथा व्यक्तिहरूको फोन आउन थालेको छ,’ होमस्टेका सचिव तिलक गुरुङले भने, ‘कोभिडकै कारण थला परेको घरबास अब भने तंग्रिन्छ कि भन्ने आशा जागेको छ ।’