गण्डकी प्रदेशद्वारा घरबास अनुदानमा कडाइ

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक घरबास (होमस्टे)लाई दिइने अनुदानमा कडाइ गरेको छ । यसअघि हचुवाका भरमा अनुदान वितरण गर्दा बजेट दुरुपयोग भएको आरोप मन्त्रालयमाथि लागेको थियो । चालु आवमा प्रतिस्पर्धाका आधारमा प्रदेश निर्वाचन क्षेत्रमा एउटा मात्र घरबास छनोट गरिने मन्त्रालयका प्रशासन, योजना तथा पर्यटन महाशाखा प्रमुख दिनेशप्रकाश अर्यालले बताउनुभयो । “एक …

सम्बन्धित सामग्री

बजेट दुरुपयोगको आरोप पछि घरबास अनुदानमा कडाइ

‘एक निर्वाचन क्षेत्र, एक नमूना घरबास कार्यक्रमअन्तर्गत ३६ वटा घरबासले मात्र यो वर्ष अनुदान पाउँदैछन्’, उनले भने, ‘६५ घरबासले मन्त्रालयमा प्रस्ताव पेश गरेका छन्, केही दिनमै छनोट प्रक्रिया टुङ्गिन्छ।’...

अनुदानमा खुलेका अधिकांश ‘होमस्टे बन्द’

गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन्।...

पर्यटक लोभ्याउँदै छन्त्याल होमस्टे

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँ पुग्ने आन्तरिक पर्यटक यहाँ सञ्चालित छन्त्याल होमस्टेको खानपान र आतिथ्य सत्कारबाट प्रभावित हुने गरेका छन् । प्राकृतिक सुन्दरता, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकन गर्न गुर्जा पुग्ने पर्यटकको खानेबस्ने सुविधाका लागि स्थानीयले होमस्टे सुरु गरेपछि यहाँ पुग्नेलाई सजिलो भएको छ । अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको गुर्जा गाउँमा होमस्टे (घरबास) सञ्चालन गरिएको हो । गुर्जाका ६ वटा घरमा ५० जना क्षमताको होमस्टे सञ्चालन गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेका गुर्जाबासीले पाहुनालाई फूलमालाले स्वागत गर्नुका साथै छन्त्याल संस्कृति पस्कन्छन् । होमस्टेमा च्याउ, टुसा, स्थानीय कुखुरा, खसी, फापरको रोटी, ढिँडोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ ।      छन्त्याल समुदायको मौलिक संस्कृति, ग्रामीण जीवनशैली, जैविक विविधता, वन्यजन्तु तथा पृष्ठभूमिमा देखिने हिमालको सुन्दरता गुर्जा गाउँको आकर्षण हो । गुर्जाबाट देखिने गुर्जा, चुरेन, पुथा र गुर्जा पश्चिम हिमालको मनमोहक दृश्यले पर्यटकलाई थप लोभ्याउँछ । लुलाङदेखि जंगल र भीरको बाटो ८ घन्टाको पैदलयात्रापछि पुगिने गुर्जादेखि ढोरपाटन सिकार आरक्षको रुघाचौर जोड्ने सिकारी पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको १० लाख अनुदानमा निर्माण गरिएको पदमार्गको प्रचार–प्रसार गरेर पर्यटकलाई आकर्षित गर्ने योजना छ ।      पैदल यात्रा मात्र नभएर घोडचढी सुविधा पनि यहाँ उपलब्ध छ । ढोरपाटन सिकार आरक्षको घुस्तुङ र वर्षे ब्लक गुर्जामै पर्दछ । गुर्जामा यार्सा, निरमसी, पाँचऔंलेलगायत जडीबुटी पाइन्छन् । कस्तुरी, मृग, रतुवा, झारल, घोरललगायत वन्यजन्तु यहाँ अवलोकन गर्न पाइन्छ । रासस