खजुरामा मगर घरबास सञ्चालन

मगर संस्कृति, संस्कार र सभ्यतामा रमाउन मगर समुदायले घरबास सञ्चालनमा ल्याएका छन्। सुरुमा नौ घरलाई घरबासका रुपमा सञ्चालनमा ल्याइएको छ। 'यसलाई बढाउँदै लैजाने हो', होमस्टे परामर्शदाता पूर्णचन्द्र उपाध्यायले भने।...

सम्बन्धित सामग्री

गण्डकी प्रदेशद्वारा घरबास अनुदानमा कडाइ

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक घरबास (होमस्टे)लाई दिइने अनुदानमा कडाइ गरेको छ । यसअघि हचुवाका भरमा अनुदान वितरण गर्दा बजेट दुरुपयोग भएको आरोप मन्त्रालयमाथि लागेको थियो । चालु आवमा प्रतिस्पर्धाका आधारमा प्रदेश निर्वाचन क्षेत्रमा एउटा मात्र घरबास छनोट गरिने मन्त्रालयका प्रशासन, योजना तथा पर्यटन महाशाखा प्रमुख दिनेशप्रकाश अर्यालले बताउनुभयो । “एक …

बजेट दुरुपयोगको आरोप पछि घरबास अनुदानमा कडाइ

‘एक निर्वाचन क्षेत्र, एक नमूना घरबास कार्यक्रमअन्तर्गत ३६ वटा घरबासले मात्र यो वर्ष अनुदान पाउँदैछन्’, उनले भने, ‘६५ घरबासले मन्त्रालयमा प्रस्ताव पेश गरेका छन्, केही दिनमै छनोट प्रक्रिया टुङ्गिन्छ।’...

पर्यटकलाई लोभ्याउन घरबास सञ्चालकलाई तालिम

गोरखा, ४ पुस । लाप्राकमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित एकीकृत नमूनाबस्तीका घरबास सञ्चालकहरुलाई घरबास सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाबीचको साझेदारीमा घरबास सञ्चालकहरुलाई उद्यमशीलता सीप विकास कार्यक्रमअन्तर्गत सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । घरबासका लागि […]

पाहुना नआउँदा सुनसान छन् बागलुङका घरबास

बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन् । पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका …

वर्षा लागेसँगै सुनसान बन्दै लमजुङका घरबास

वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे तामाङ होमस्टेलगायत स्थानका दर्जनौँ घरबास सुनसान बनेका हुन् । वर्षायाममा बाटो अवरुद्ध हुने, यात्रा कठिन हुने, दृश्य राम्रो अवलोकनमा स्पष्टता नहुनेलगायका कारण असार लागेदेखि यहाँका होमस्टेमा पर्यटक सुनसान बन्न थालेको घरबास …

लयमा फर्किदै घलेगाउँका घरबास

लमजुङ, २२ चैत । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा पर्यटक आउन थालेका छन् । समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण सो स्थानका घरबासमा गर्मी लागेसँगै अहिले दैनिक ४०÷५० पर्यटक आउन थालेका हुन् । जाडो बढेसँगै घरबास सुनसान थिए । ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले भने, […]

अमलटारी घरबास : अध्ययन र अवलोकनको गन्तव्य

मध्यबिन्दु, २० चैत । नेपालकै उत्कृष्ट मानिने अमलटारी होमस्टे (घरबास) अध्ययन तथा अवलोकनको गन्तव्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ स्थित अमलटारी यतिखेर थारु संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभूति गर्न पाउने स्थलका रुपमा विकास भएको छ । गाउँ पस्नासाथ परम्परागत पोशाकमा सजिएका थारु महिलाले टीकासहित फूूलमालाले स्वागत गर्दा यहाँ आउने जो कोहीको मन […]

पुरानो थारु गाउँ सिंहपुरमा घरबास सञ्चालन गरिंदै

कृष्णपुर नगरपालिका-६ स्थित सांस्कृति महत्व बोकेको थारु गाउँ सिंहपुरमा घरबास सञ्चालनको तयारी गरिएको छ।...

सुनसान छन् बागलुङका घरबास

बर्खामा पर्यटकको आगमनमा कमी हुनु, ग्रामीण सडक समस्याग्रस्त हुनु र बाढीपहिराका घटनामा वृद्धिका कारण घरबासमा कमैमात्र पर्यटक पुग्न थालेका हुन्। महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्ष थला परेका घरबास कोरोनापछि राम्रै चलेको पाइएको छ। असारपछि भने...

पाहुनाको प्रतिक्षामा घरबास

नवलपरासी– सामान्य अवस्था भएको भए विभिन्न कार्यक्रम र पाहुनाले व्यस्त हुने यहाँको घरबास अहिले सुनसान छन् । पाहुनाको स्वागत र सत्कारमा व्यस्त हुने सञ्चालक अहिले घरधन्दाको काम गरेर दिन बिताइरहेका छन् । “अहिले सुनसान छ, कोभिडले पाहुना आउने क्रम अझै सुरु भएको छैन, हामी त पाहुनाको स्वागतका लागि तयारी छौँ”, घरबास सञ्चालक झर्ना बोटेले भने, […]