पर्यटकलाई लोभ्याउन घरबास सञ्चालकलाई तालिम

गोरखा, ४ पुस । लाप्राकमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित एकीकृत नमूनाबस्तीका घरबास सञ्चालकहरुलाई घरबास सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाबीचको साझेदारीमा घरबास सञ्चालकहरुलाई उद्यमशीलता सीप विकास कार्यक्रमअन्तर्गत सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । घरबासका लागि […]

सम्बन्धित सामग्री

पाँचपोखरीमा  होमस्टे तथा होटल व्यवस्थापन तालिम

काठमाण्डाै – सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ थाङ्पालकोटका स्थानियबासिन्दालाई घरबास अर्थात् होमस्टे सञ्चालन सम्बन्धी तालिम दिइएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, ग्रामीण समाज कल्याण सङ्घ आर्सो नेपाल, टिजिएच नेपालको सहयोग तथा थाङ्पाल उपत्यका एकीकृत पुनः लाभ कार्यक्रमको समन्वयमा होटल व्यवस्थापन र अतिथि सत्कार तथा करेसाबारी व्यवस्थापन तालिम दिइएको हो । तालिमबाट गाउँपालिकाको पर्यटन प्रबर्द्धनमा समेत सहयोग मिल्ने विश्वास लिइएको छ । तालिममा ४० जना सहभागी छन् ।...

पाँचपोखरीमा  होमस्टे तथा होटल व्यवस्थापन तालिम

पर्यटकीय क्षेत्र पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ थाङ्पालकोटका स्थानीय तथा व्यवसायीलाई घरबास (होमस्टे) सञ्चालन तालिम प्रदान गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, ग्रामीण समाज कल्याण सङ्घ आर्सो नेपाल, टिजिएच नेपालको सहयोग तथा थाङ्पाल उपत्यका एकीकृत पुनः लाभ कार्यक्रमको समन्वयमा होटल व्यवस्थापन र अतिथि सत्कार तथा करेसाबारी व्यवस्थापन तालिम समेत प्रदान गरिएको छ । आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले तालिमबाट होमस्टे व्यवस्थापनमा सुधार हुने र सञ्चालकहरूको क्

किसान सूचीकरण प्रणाली सञ्चालन

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा किसान सूचीकरण व्यवस्थित गर्नका लागि गाउँपालिकाले किसानलाई सूचीकरण प्रणालीको सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ । पालिका आर्थिक विकास शाखाको आयोजनामा किसानलाई तालिम दिइएको हो । गाउँपालिकामा रहेका कृषकलाई सूचीकृत गर्दा गाउँपालिकालाई योजना बनाउन सहज हुने र कृषकको आवश्यकता र उत्पादनलाई समेत ध्यान दिन सहयोग पुग्ने भएका कारण उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले बताएको छ । पालिकाले तालिममा सहभागीलाई किसानका घरघरमा गई किसान सूचीकरणको पूर्ण अभ्यास गराइरहेको छ । तालिममा मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले खाद्य अधिकार र खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५, किसान सूचीकरण, त्यसका अवधारणा, नेपाल र अन्य मुलुकमा किसान सूचीकरणको अवस्था, प्रयोगबारे प्रस्तुति राखे । त्यसैगरी कृषि र पर्यटनमा राम्रो आम्दानी गरिरहेको मकवानपुरगढी गाउँपालिकामा कार्यालयले पालिकाभित्रको कृषि उपजलाई पालिकाभित्रै खपत गराउने उद्देश्यका साथ पर्यटन व्यवसायीलाई तालिम दिने निर्णय गरेको छ । गाउँपालिकाले होटल, घरबास, रेष्टुरेन्ट तथा खाजाघरका सञ्चालकलाई कोदो र फापरको परिकार बनाउने तालिम दिने भएको हो । रासस

हाँडी गाउँमा होम स्टेः सञ्चालकलाई आधारभूत तालिम सुरु

काठमाडौँ– काठमाडौँ महानगरको वडा ५ मा होम स्टे (घरबास) पर्यटन सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । २ दिन सैद्धान्तिक र २ दिन प्रयोगात्मक गरी ४ कार्य दिनमा कक्षाहरु सञ्चालन हुनेछन् । हाँडीगाउँमा अहिले पहिचान गरिएका ११ घरसहित तालिममा ३० जना सहभागी हुनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको तारा गाउँ विकास समितिले तालिमको […]

कोरोनाको मारमा परेका 'होमस्टे' प्रवर्द्धन गर्न तालिम र पूर्वाधार माग

कोरोना भाइरस (कोभिड–१९) महामारीले प्रभावित बनेको होमस्टे (घरवास) व्यवसायलाई थप प्रवर्द्धन गर्न तालिम र भौतिक पूर्वाधार निर्माणमा सरकारलाई सहयोग गर्न व्यवसायीहरुले माग गरेका छन् । अर्थतन्त्रको मुख्य आधार पर्यटन भएकाले प्रवर्द्धनमा पहिलो कार्यक्रम होमस्टे (घरबास) बाटै शुरु गर्नुपर्ने होमस्टे (घरबास) एसोसिएसन नेपालका उपाध्यक्ष यदुमणी निरौलाले माग गर्नुभयो ।

कोरोनाको मारमा 'होमस्टे', प्रवर्द्धन गर्न तालिम र पूर्वाधार माग

कोरोना भाईरस (कोभिड–१९) महामारीले प्रभावित बनेको होमस्टे (घरवास) व्यवसायलाई थप प्रवद्र्धन गर्न तालिम र भौतिक पुर्वाधार निर्माणमा सरकारलाई सहयोग गर्न व्यवसायीहरुले माग गरेका छन् । अर्थतन्त्रको मुख्य आधार पर्यटन भएकाले प्रवद्र्धनमा पहिलो कार्यक्रम होमस्टे (घरबास) बाटै शुरु गर्नुपर्ने होमस्टे (घरबास) एसोसिएसन नेपालका उपाध्यक्ष यदुमणी निरौलाले माग गर्नुभयो ।

कञ्चनरूपमा व्यवस्थित बनाइँदै घरबास

सप्तरी । सप्तरीको पहिलो र प्रदेश २ को दोस्रो घरबास (होमस्टे) रहेको कञ्चनरूप नगरपालिकामा पर्यटन क्षेत्र उकास्न विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । सोहीअनुसार स्थानीयलाई होमस्टे सञ्चालन र विभिन्न किसिमका परिकार बनाउन सहयोग पुर्‍याउने उद्देश्यले चार दिने तालिम सम्पन्न भएको छ । पर्यटन मन्त्रालयको तारागाउँ विकास समिति काठमाडौंद्वारा दिइएको तालिममा ३५ जनाको सहभागिता थियो ।      होमस्टेका लागि अपनाउनुपर्ने मापदण्ड, पाहुनालाई स्वागत गर्ने तरिका, स्थानीय उत्पादित वस्तुका परिकार, अर्गानिक खाना, बासको व्यवस्था, नेपाली र थारु संस्कृति, आधुनिक परिकारबारे तालिम दिइएको प्रमुख प्रशिक्षक लीलाप्रसाद तिमिल्सिनाले बताए । उक्त अवसरमा टंकप्रसाद चापागाईं, मनोज बस्नेत, रामप्रसाद कँडेलले छुट्टाछुट्टै विषयमा तालिम दिएका थिए ।       कञ्चनरूप नगरपालिका–६ जमुवामा पर्यटकका लागि आठ वटा होमस्टे सञ्चालनमा छ । यहाँ आउनेका लागि ०७५ वैशाखदेखि खाना र बासको व्यवस्था रहेको छ । जैविक विविधतासँगै पारिवारिक वातावरणमा ग्रामीण जीवनशैलीको स्वाद चाख्न होमस्टे आउने पर्यटकलाई कसरी स्वागत तथा सत्कार गर्ने, उनीहरूलाई कस्ता परिकार खुवाउने र होमस्टेको सरसफाइ कसरी गर्नेलगायत विषयको तालिम पाएर होमस्टेले प्रदान गर्ने सेवा थप प्रभावकारी बन्ने पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीले विश्वास व्यक्त गरे ।      तालिम समापन अवसरमा प्रमाणपत्र वितरण गर्दै कञ्चनरूप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले पर्यटनको अभिन्न अंग मानिने होमस्टेको माध्यमबाट प्राकृतिक र सांस्कृतिक रूपले सम्पन्न जमुवामा ढलानको सडक निर्माण गर्ने प्रतिबद्धता जनाए । ग्रामीण क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्दै स्थानीयलाई पर्यटन व्यवसायमा सहभागी गराई जीवनस्तरमा  सुधार ल्याउन नगरपालिकाले बजेट विनियोजन गर्ने उनको भनाइ छ ।       ग्रामीण पर्यटनमा रमाउने पर्यटकलाई सुलभ, सरल र सहज वातावरणमा स्थानीय परिकार, कला, संस्कृति र रीतिरिवाज पस्किँदै इतिहासबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने नगरप्रमुख मिश्रले बताए ।      आत्मनिर्भर बनाई स्वदेशमै आयआर्जन गर्न र सक्षम बनाउन तालिमले ठूलो सहयोग पुगेको प्रशिक्षार्थीद्वय महेन्द्र चौधरी र हीराकुमार बिसीले बताए । तालिममा सिकेको सीप र ज्ञानलाई सदुपयोग गर्दै होमस्टेलाई नमुना बनाउने दृढता व्यक्त गरे ।      थारु सामुदायिक होमस्टे एवं थारु संग्र्रहालय स्थापना, निर्माण र विकासमा योगदान पुर्‍याएको भन्दै कोशीटप्पु वन्यजन्तु आरक्षका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामदेव चौधरी, डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झा, आइडिएस नेपालका टिमलिडर छोटेलाल चौधरी, जैविक विविधता संरक्षणविज्ञ नन्दलाल माझी र पत्रकार मनोहर पोखरेललाई कार्यक्रममा सम्मानित गरियो ।      होमस्टेका अध्यक्ष विष्णुदेव चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरी जिल्लाभरि सर्वोत्कृष्ट नगरपालिका घोषित भएकामा नगरप्रमुख मिश्र र प्रमुख प्रशासकीय अधिकत नवराज खड्कालाई सम्मान गरिएको थियो । थारु सामुदायिक होमस्टे र पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितिले उनीहरूलाई सम्मान गरेको हो ।      स्थानीय थारु अगुवाहरुले समुदायको ऐतिहासिक रहनसहन, रीतिरिवाज, कला, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा जमुवालाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले ०७५ वैशाखमा थारु सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् । सोही ठाउँमा ०७७ कात्तिकमा थारु सांस्कृतिक संग्रहालय भवन निर्माण भएको छ ।      आप्mनो कला, संस्कृति, भाषा, वेषभूषा अमूल्य सम्पत्ति भएको र यसको संरक्षणमा आफैं लाग्नुपर्छ भन्ने सोचले होमस्टेपछि थारु सांस्कृतिक संग्राहलय सञ्चालनको तयारी भइरहेको होमस्टेका अध्यक्ष विष्णुदेव चौधरीले बताए ।     होमस्टे क्षेत्र नजिकै अर्ना, हात्ती, साइबेरियन चरा पाइने कोशीटप्पु वन्यजन्तु आरक्ष, चन्द्रशमशेर राणाले बनाएको नेपालकै जेठो चन्द्र नहर, प्रसिद्ध धार्मिक स्थल चतरा र वराहक्षेत्र, त्रियुगा र सप्तकोशी नदी, सामुदायिक वन, चुरे क्षेत्र, कमल दहलगायत प्रसिद्ध धार्मिक स्थल रहेकाले होमस्टे र संग्रहालयलाई आयआर्जनको आधार बनाएर सांस्कृतिक हबका रूपमा विकास गर्न खोजिएको बच्चुलाल चौधरी बताउँछन् । रासस

सप्तरीकाे पहिलाे हाेमस्टे थप व्यवस्थित बनाइँदै

सप्तरी - सप्तरीको पहिलो र प्रदेश नं २ को दोस्रो घरबास (होमस्टे) रहेको कञ्चनरूप नगरपालिकामा पर्यटन विकाससम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । स्थानीयवासीलाई होमस्टे सञ्चालन र विभिन्न किसिमका परिकार बनाउन सहयोग पु-याउने उद्देश्यले दिइएको चारदिने तालिम सम्पन्न भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारागाउँ…

सप्तरीकाे पहिलाे हाेमस्टे थप व्यवस्थित बनाइँदै

सप्तरी - सप्तरीको पहिलो र प्रदेश नं २ को दोस्रो घरबास (होमस्टे) रहेको कञ्चनरूप नगरपालिकामा पर्यटन विकाससम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । स्थानीयवासीलाई होमस्टे सञ्चालन र विभिन्न किसिमका परिकार बनाउन सहयोग पु-याउने उद्देश्यले दिइएको चारदिने तालिम सम्पन्न भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारागाउँ…

‘कोरोनाले जर्जर ग्रामिण पर्यटनलाई पुरानै लयमा फर्काउँछु’

‘संस्कृति, भेषभूषा, खानपान जसअन्तर्गत घरबास र गाउँलाई आवश्यक पर्ने तालिम तथा प्रशिक्षण कार्यक्रम दिलाउन सहज भूमिका खेल्नुका साथै आफ्नो अनुभवलाई उपयुक्त ठाउँमा प्रयोग गरी गाउँ पर्यटनको विकासमा सदैव क्रियाशील रहने नै मेरो कार्यकाल केन्द्रित हुनेछ