देशभरको मौसम दिनभर बद्ली, धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज दिनभरि नै देशभरको मौसम पूर्ण बद्ली रहने छ । आज धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा राति ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । यस्तै भोलि पनि गण्डकी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका के...

सम्बन्धित सामग्री

भोलि देशभरको मौसम बद्ली हुने, धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाण्डाै - आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहे पनि भोलि भने पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भोलि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार भोलि देशभरको मौसम बद्ली हुनेछ भने धेरै ठाउँमा पानी पर्नेछ  । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह पनि छ । यस्तै, यी प्रदेशका उच्च पहाड...

देशभर बदली, यी क्षेत्रमा छ पानी पर्ने सम्भावना

काठमाडौँ – देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको मौसमविद्ले बताएका छन्। हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र प्रदेश १ मा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भूभागका केही […]

बुधवारदेखि माैसम बदली भएर पानी पर्ने सम्भावना

काठमाण्डाै – आउँदाे बुधवारदेखि देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।पश्चिमी वायु सक्रिय हुने भएकाले पर्सि २१ गते बुधवार बेलुकादेखि शुक्रवारसम्म देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । पश्चिमी वायुको असर शुक्रवारपछि पनि रहन्छ वा रहँदैन भन्ने कुरा भने कत्तिको सक्रिय हुन्छ भन्नेमा भर पर्ने उहाँले बताउनुभयो ।शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले सुदूरपश्चिममा आउने बुधवार अलि धेरै पानी पर्ने स...

आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने

काठमाण्डाै - आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पानी पार्ने प्रणाली नेपालमा अहिले नभए पनि स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर वाग्मती प्रदेश, प्रदेश-१ र २ का केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार पोष्ट मनसुनको समयमा पनि केही लक्ष्यण प्रि-मनसुनको समयमा जस्तै देखिने भएकाले छिनमै मौसम बद्ली हुने गर्छ । तर प्रि-मनसुनमा जस्तो पोष्ट मनसुन...

मौसम आंशिक बद्ली : प्रदेश-१ का केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने

काठमाण्डाै - देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण अहिले प्रदेश-१ का केही ठाउँमा पानी परिरहेको छ । तर निरन्तर पानी पर्ने सम्भावना भने छैन । एकछिन बद्ली हुँदै फेरि घाम लाग्ने उहाँले बताउनुभयो ।  झापा आसपासको क्षेत्रमा चट्याङ्ग पा...

आजको मौसम : देशभर मौसम बदली, दिउँसो अधिकांश स्थानमा पानी पर्ने

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसम प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात ‘ताउ–ते’ कमजोर भए पनि पश्चिमी न्यून चापीय प्रणाली आज देशभर वर्षा हुनेछ।शुक्रबार बिहान देशभरको मौसम सामान्य बदली रहेको छ। दिउँसो पनि आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती, प्रदेश २ रप्रदेश १ का केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरप

देशभरको मौसम बद्ली, काठमाण्डौ उपत्यकासहित केही ठाउँमा वर्षा

काठमाण्डाै – देशभरको मौसम बद्ली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । तुलनात्मक रुपमा पश्चिमी क्षेत्रमा अलि धेरै र वाग्मतीसहित प्रदेश एक र दुईमा कम पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा आज बिहानैदेखि पानी परेको छ । पश्चिमबाट विकास भएको मौसमी प्रणाली फैलिएर पानी परेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । आज दिउँसो देशका केही ठाउँमा मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेक...

देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली : काठमाण्डौमा फाट्टफुट्ट पानी पर्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । आज हिमाली जिल्लामा हिमपात र पहाडी केही जिल्लामा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कडेलले बताउनुभयो । उहाँका अनुसार आज दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना पनि छ । पश्चिमी वायुको प्रभावकै कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद् कडेलले बताउनुभयो । पश्चिमी वायुको प्रभावकै कारण तत्काल राम्ररी घाम नलाग्ने पनि मौसमविद्ले बताएका छन् । तर, घाम नलागे पनि धेरै चिसो भने नहुने ...

आज देशभरको मौसम बद्ली : मौसमविद्

काठमाण्डाै - आज देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलकाअनुसार अझै एक/दुई दिन देशभरको मौसम बद्ली हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । आउँदो आइतवारसम्म नै देशभर बद्ली हुने र सोमवारदेखि मौसम खुल्ने अनुमान गरिएको छ । सोमवारदेखि भने बिस्तारै गर्मी सुरु हुने मौसमविद् पौडेलले बताउनुभयो । यस्तै, आज सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।