काठमाण्डाै - आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पानी पार्ने प्रणाली नेपालमा अहिले नभए पनि स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर वाग्मती प्रदेश, प्रदेश-१ र २ का केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार पोष्ट मनसुनको समयमा पनि केही लक्ष्यण प्रि-मनसुनको समयमा जस्तै देखिने भएकाले छिनमै मौसम बद्ली हुने गर्छ । तर प्रि-मनसुनमा जस्तो पोष्ट मनसुन...