आज देशभरको मौसम बद्ली : मौसमविद्

काठमाण्डाै - आज देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलकाअनुसार अझै एक/दुई दिन देशभरको मौसम बद्ली हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । आउँदो आइतवारसम्म नै देशभर बद्ली हुने र सोमवारदेखि मौसम खुल्ने अनुमान गरिएको छ । सोमवारदेखि भने बिस्तारै गर्मी सुरु हुने मौसमविद् पौडेलले बताउनुभयो । यस्तै, आज सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।   

सम्बन्धित सामग्री

यस्तो छ आजको मौसम

काठमाडौं : सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशमा आशिंक बदली भए पनि आज देशभरको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागे पनि क्रमशः हट्नेछ। आगामी तीन दिन ठूलो बदली, वर्षा र हिमपातको खासै सम्भावना नरहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए।मंगलबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो अधिकतम तापक्रम १७ देखि १९ सम्म रहने छ।

आज चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशभरको मौसम आंशिकदेखि साामान्य बदली रहने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यस्तै, राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको छ ।   अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार आज र भोलि लगातारको झरी पर्ने सम्भावना छैन । तर, पानी पर्ने र रोकिने क्रम भने चलिरहने छ...

मौसम महाशाखाले भन्याे : मौसम सफा छ, ढुक्कले मतदान गरौँ

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ। मतदानको प्रतीक्षामा रहेका मतदातालाई मौसम कस्तो होला भन्ने चासो हुनसक्छ। देशभरको मौसम सामान्यतया सफा रहने भएकाले ढुक्कका साथ मतदान गर्न पाउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले आज देशैभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिइन्। ‘आज देशभरको मौसम सफा रहेको छ,हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ, तर, त्यति धेरै असर

आजको मौसम सफा : तर चिसो बढेकाले भोट हाल्न जाँदा र चुनावमा खटिँदा ध्यान दिन सुझाव

काठमाण्डाै - आज देशभरको मौसम सामान्यता सफा रहने मौसमविद्ले बताएका छन् । आज प्रतिनिधि सभा र प्रदेश  सभा चुनावको मतदान हुँदैछ । चुनावका लागि मौसम पनि अनुकूल बनेको छ । अहिले केही ठाउँको मौसम आंशिक बदली भए पनि बिस्तारै मौसम सफा हुँदै जाने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज पानी पर्ने र भारी हिमपात हुने सम्भावना छैन । तर चिसो बढिरहेकाले भोट हाल्न जाँदा र मतदान केन्द्रमा खटिँदा ध्यान दिन मौसमविद्को सुझाव छ । विशेषगरी उच्च पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने कर्मच...

आजको मौसम : देशभर आंशिक बदली

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम आंशिक बदली रहने छ। पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले मौसम बदली भएको हो।बुधबार राति काठमाडौं उपत्यकासहित देशका केही भेगमा मेघगर्जनसहित असिना र पानी परेको छ। महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकाका केही क्षेत्र र आसपासमा हल्का वर्षा र असिना परेको हो।बिहीबार बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा मौसम आंशिक बदली रहेको छ।

भोलिदेखि देशभरको मौसम बिस्तारै खुल्दै जाने

काठमाण्डाै - आज देशभरको मौसम आंशिक बद्ली रहेको छ । आज सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले आज कतैकतै हल्का वर्षा भए पनि भोलिदेखि बिस्तारै मौसम खुल्दै जाने र घाम लाग्न सुरु हुने महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार आज बिहान हुस्सु, कुहिरो लागे पनि देशका धेरैजसो ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना छ । भोलि पनि प्रदेश-१ मा भने आंशिकदेखि सामान्य बद्ली भइ एक/दुई ठाउँमा हल्का वर्...

काठमाण्डौमा आज पनि न्यूनतम तापक्रम घट्यो

काठमाण्डाै - हिजो भन्दा आज मौसम अझ खुल्ने मौसमविद्ले बताएका छन् । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि बिस्तारै मौसम खुल्दै जाने माैसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरले मौसम बद्ली गराएर पानी पार्ने प्रणाली सक्रिय नभएकाले आज देशभरको मौसम समान्यतया सफा नै हुने बताउनुभयो। काठमाण्डौमा आज पनि न्यूनतम तापक्रम घटेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो १३ दशमलव ५ डिग्री सेल्सियस थियो । यस्तै, आज दिउँसाे उच्च पहाडी र हिमाली क्षेत्रका एक वा दुई ठाउ...

आज केही ठाउँमा मेघजर्गन र चट्याङ्गसहित पानी पर्न सक्ने

काठमाण्डाै - आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर केही ठाउँमा मेघजर्गन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पानी पार्ने मौसमी प्रणालीको प्रभाव खासै नपरे पनि स्थानीय वायुको प्रभावका कारण आज देशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो विशेषगरी प्रदेश-१, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । राति सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा सामान्यदे...

बेलुकीपख पहाडका केही ठाउँमा सामान्य बद्ली हुने

काठमाण्डाै - आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कुनै उल्लेख्य प्रणाली सक्रिय नरहेको कारण देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । प्रि-मनसुनको समय र केही ठाउँमा स्थानीय प्रणाली सक्रिय हुने भएकाले बेलुकीपख पहाडी भेगको केही ठाउँमा सामान्य बादल लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । केही उच्च पहाडी र हिमाली क्षेत्रमा मेघ गर्जनसहित सामान्य पानी पर्ने सम्भावना पनि रहेको तर तत्काल ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् पौ...