देशभर बदली, यी क्षेत्रमा छ पानी पर्ने सम्भावना

काठमाडौँ – देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको मौसमविद्ले बताएका छन्। हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र प्रदेश १ मा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भूभागका केही […]

सम्बन्धित सामग्री

काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार काठमाण्डौसहित बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा बिहानदेखि नै पानी परिरहेको छ । यस्तै, अन्य पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकामा गएरातिदेखि नै पानी परिरहेको छ । लगातार झरी नपरे पनि पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । आज दिनभरिकै मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । बिहानै...

काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा पर्सिसम्मै पानी पर्ने सम्भावना

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना छ । अहिले पनि पहाडी एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो पहाडी केही क्षेत्र तथा तराईका थोरै ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार भोलि र पर्सि पनि मौसम यस्तै रहने छ । पर्सि सोमवार...

काठमाण्डौसहित आसपासका क्षेत्रमा मौसम बदली : पानी पर्ने सम्भावना

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले मौसम बदली भएको छ । मौसम बदली भएका क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डौ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रका मौसम बद्ली भएको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । पश्चिमी वायुको प्रभावले मौसम बदली भएको उहाँको भनाई छ । आज राति कतै कतै मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मतदानकाे दिन आउँदो शुक्रवार पनि पानी पर्ने सम्भावना

काठमाण्डाै - आउँदो शुक्रवार हुने पालिका चुनावका दिन पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मतदान हुने दिन शुक्रवार देशका मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने अनुमान रहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीमा चक्रवात विकसित हुने क्रममा रहेकाले चुनावका दिन त्यसको केही प्रभावले पानी पर्ने अनुमान गरिएको हो । यसैबीच, आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ का केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् घि...

आज पनि काठमाण्डौसहित केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा आज पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलकाअनुसार आज वाग्मती, गण्डकी, मधेस प्रदेशका पूर्वी क्षेत्र र प्रदेश-१ का केही ठाउँमा बेलुकीपख पानी पर्ने अनुमान छ । यी क्षेत्रमा बेलुकीपख हल्का वर्षासँगै मेघगर्जन र चट्याङ्गसमेत पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । प्रि-मनसुनको समयमा पानी पर्नु र मेघगर्जनसहित चट्याङ्ग पर्नुमा स्थानीय वायुको भूमिका धेरै हुन्छ । प्रि-मनसुनमा कुनै एक ठाउँमा पानी पर्ने र सँ...

तत्काल पानी पर्ने सम्भावना छैन, गर्मी अझै बढ्छ : मौसमविद्

काठमाण्डाै - तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा नबनेकाले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँकाअनुसार भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावले प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशमा दिउँसोपछि मौसम आंशिकदेखि सामान्य बद्ली भइ एक/दुई ठाउँमा हल्का पानी पर्नेछ । तर, देशका अन्य क्षेत्रमा भने तत्काल पानी पर्ने सम्भावना छैन । बिहारमा बनेको न्यून चापीय प्रणालीकै असरका...

हावाहुरी र चट्याङ्गसहित पानी पर्ने सम्भावना

काठमाण्डाै - आज काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलकाअनुसार दिउँसोपछि काठमाण्डौका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । यस्तै, अन्य पहाडी क्षेत्रमा पनि हावाहुरीसहित चट्याङ्ग र हल्का पानी पर्ने उहाँले बताउनुभयो । आज देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने पनि मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव परेको छ ।

आज पूर्व र मध्य क्षेत्रमा पानी पर्ने सम्भावना, भोलिदेखि मौसम सुधार हुने

काठमाण्डाै - आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेकाले आज प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँकाअनुसार काठमाण्डौ उपत्यकामा दिउँसोपछि हल्का पानी पर्ने छ भने अरु पहाडी भेगमा सामान्य बद्ली मात्रै हुनेछ ।  हिजो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातसँगै वर्षा भएको थियो । दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालग...