खाडीको तातो मौसममा वर्षौं बिताएर मनग्गे पैसा कमाउने लोभमा युरोपको क्रोएसिया हान्निएका नेपाली यतिखेर थप मारमा छन् । कतार, दुबई, मलेसिया र साउदी अरबमा कमाएको ५–७ लाख खर्चेर युरोपमा सुख पाउने, दाम कमाउने भन्दै आएका नेपालीले झन् सास्ती ब्यहोर्नुपरेको छ । ती नेपाली क्रोएसिया आएर फेरि अवैध बाटो हुँदै पोर्चुगल भागिरहेका छन् ।