काठमाडौं : नेपाललगायत नेपालीका श्रम गन्तव्य मुलुकमा कोरोना महामारीको प्रकोप बढ्दै थियो। देशको अर्थतन्त्र धानेका युवा विदेशमा पसिना बगाइरहेका थिए। विश्वभरी नै कोरोना महामारी बनेपछि नेपाली श्रमिक समस्यामा परे।कतिपय आफ्नै खर्चमा फर्किए भने कतिपयलाई सरकारले उद्धार गरी स्वदेश ल्यायो। सरकारले वैदेशिक रोजगारीमा समस्यामा परेकालाई सहयोग गर्ने भन्दै सोही समय पुनःएकीकरण योजना अगाडि सारेको थियो।विदेशी भूमिमा समस्यामा परेका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने भ