काठमाडौं : दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) भाइरस विश्वका विभिन्न मुलुकमा फैलिरहेको छ।नेपालीको श्रम गन्तव्य मुलुक कतार, मलेसिया, युएई, दक्षिण कोरिया, युरोप, जापानलगायत विश्वका ३१ मुलुकमा नयाँ भेरियन्ट देखापरेको विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ) ले जनाएको छ। वैदेशिक रोजगारी कोरोना भाइरसका कारण करिब २ वर्षदेखि थला परेको थियो।विश्वका विभिन्न मुलुकमा कोरोनाको जोखिम कम भएसँगै विस्तारै लयमा फर्किंदै गरेको वैदेशिक रोजगारीमा फेरि त्रास सिर्जना भएको छ। कोरोना