काठमाण्डौ – सरकारले कोरोना महामारी रोकथामका लागि अन्तर्राष्ट्रिय उडान बन्द गर्दा नेपालबाट वैदेशिक रोजगारीमा जान पनि बन्द छ । पछिल्लो समय भने नेपालमा नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि केही गन्तव्य देशले पनि नेपालबाट हुने उडानहरूमा प्रतिबन्ध लगाएका छन् । गन्तव्य देशहरूले पनि सङ्क्रमण रोकथामका लागि स्वास्थ्यका नयाँ मापदण्डहरू जारी गर्दै कडाइ गरेका छन् ।
बहराइन
बहराइनले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । २३ मे देखि नेपालीसहित भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको हो ...