गठबन्धनलाई मिलाएर लैजाने पहिलो जिम्मेवारी काँग्रेसको : देउवा

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनलाई मिलाएर लैजाने सबै जिम्मेवार हुनुपर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा देउवाले गठबन्धनलाई मिलाएर लैजाने पहिलो जिम्मेवारी काँग्रेसको भएको बताएका हुन् ।उनले भने, "काँग्रेसको नेतृत्वमा  गठबन्धनको सरकार छ । चुनावी तालमेलका लागि काँग्रेसकै नेतृत्व संयन्त्र बनेको छ । त्यसैले हामी बढी जिम्मेवार हुनुपर्छ । "  गठबन्धनबीच चुनावी तालमेल हुने निर्णय भइसकेको भन्दै कार्यान्व

सम्बन्धित सामग्री

सभामुखको जिम्मेवारी चुनौतीपूर्ण : नेता पौडेल

काठमाडौं, १० माघ । सभामुखको जिम्मेवारी चुनौतीपूर्ण रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै सभामुख पद चुनौतीपूर्ण रहेको उनले बताए। उनले भने, ‘सभामुखको जिम्मेवारी चुनौतीपूर्ण छ। पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लैजाने कुरा निक्कै कठिन छ। कुनै बेला अतिरञ्जित कुरा आउँछन्। त्यसलाई […]

कांग्रेसभित्र आपसी सद्भाव र एकतालाई मजबुद बनाउन जरुरी छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसभित्र आपसी सद्भाव र एकतालाई मजबुद बनाउन जरुरी रहेको बताएका छन्। वरिष्ठ नेता पौडेलले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित साथीहरुका बीचमा पार्टीलाई थप एकताबद्ध र सुढृढ बनाएर लैजाने जिम्मेवारी रहेको बताए । ‘आगामी निर्वाचनमा पार्टीका नीति र विचारहरु जनतासमक्ष पुर्‍याउने र निर्वाचनमा […]

अन्य पार्टीबाट एकीकृत समाजवादीमा प्रवेश गरेका नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

नेकपा (एकीकृत समाजवादी)ले विभिन्न पार्टीबाट आएका नेताहरुलाई जिम्मेवारी प्रदान गरेको छ । शनिबार सुरु भएर आइतबार सकिएको दोस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । जसमा मालेबाट आएका कुलप्रसाद फुयाल, शंकर पोखरेल,नीलमणी बराललगायतलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय भएको छ । त्यस्तै माओवादी केन्द्रबाट आएका रामचन्द्र झालाई केन्द्रीय कमिटीमा मनोनयन गरी सचिवालयमा राख्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यसैगरी एमालेबाट आएका बंशिधर मिश्रलाई स्थायी कमिटीमा लैजाने र एमाल

मुलुकलाई समृद्धिको बाटोमा लैजाने जिम्मेवारी युवाको काँधमा छ : अध्यक्ष बस्नेत

१० कात्तिक, काठमाडौं। नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले मुलुकलाई आर्थिक विकाससहितको समृद्धिको बाटोमा लैजाने जिम्मेवारी युवाको काँधमा रहेको बताएका छन् । बुधबार तरुण दलको ६८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष बस्नेतले युवाहरुको योगदानकै कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आर्थिक समृद्धिमा पनि युवाहरुको आवश्यकता औंल्याएका हुन् । ‘हाम्रो पटकपटकको […]

लुम्बिनीमा एमाले : प्रदेश कमिटीसँगै हरेक जिल्लामा तोकियो जिम्मेवारी

१० बुँदे सुझाव कार्यान्वयन गर्न लुम्बिनी प्रदेश संगठन कमिटीको बैठक भदौ २२ मा सम्पन्न भएको छ । बैठकले लुम्बिनीका १२ वटै जिल्लामा उक्त निर्णय कार्यान्वयनमा लैजाने गरी सर्वसम्मत निर्णय गरेको छ ।  बैठकले प्रदेश कमिटीको अध्यक्षमा लीला गिरी, उपाध्यक्षमा खेममान खड्का, सचिवमा भूमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारुलाई चयन गरेको छ ।  कार्यालय सचिव बलराम अधिकारी यथावत् रहने छन् । १० बुँदे सुझाव रचनात्मक रुपमा कार्यान्वयन गर्ने क्रममा जिल्लाले पनि नेतृत्व प्राप्त गरेका छन् ।  बर्दिया अध्यक्ष- लालबहादुर श्रेष्ठ,  ...

१० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो सातै प्रदेशमा जिम्मेवारी

काठमाडौं । आन्तरिक विवाद मिलाउन गत २७ असारमा गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा एमालेले प्रदेशमा नेताहरुलाई जिम्मेवारी दिएको छ । आन्तरिक विवाद समाधान गर्न संस्थापन ओली समूहले तत्कालीन नेपाल समूहसँग माओवादीसँग एकीकरण गर्नुअघि २ जेठ २०७५ को अवस्थामा पार्टीलाई लैजाने १० बुँदे सहमति गरेको थियो । सोही सहमतिअनुसार भीम रावलसहितका दोस्रो तहका नेताहरु […] The post १० बुँदे सहमति कार्यान्वयन गर्न एमालेले तोक्यो सातै प्रदेशमा जिम्मेवारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अफगानिस्तानमा कार बम विस्फोट, कम्तीमा ३० को मृत्यु

एजेन्सी। अफगानिस्तानको लोगार प्रान्तमा भएको कार बम विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ, ६० जना घाइते भएका छन्। विश्वविद्यालयका विद्यार्थी पनि बसेको एक गेस्टहाउसलाई निशाना बनाएर हमला गरिएको प्रहरीले बताएको छ। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता लैजाने राष्ट्रपति जो बाइडेनको घोषणापछि त्यहाँ झनै हिंसा बढेको छ।

कर्णालीमा संक्रमित व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिइने

कर्णाली। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमितको व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय गरेको छ।सामाजिक विकासमन्त्री विमला केसीको अध्यक्षतामा आज बसेको बैठकले सीमानामा रहेका संक्रमित व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिने निर्णय गरेको हो। प्रदेशका नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई नाकाबाट स्थानीय तहसम्म लैजाने र लक्षण नभएका संक्रमितको सम्बन्धित स्थानीय तहले उपचार व्यवस्थापन गर्नुपर्ने निर्णय भएको हो।