कर्णालीमा संक्रमित व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिइने

कर्णाली। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमितको व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय गरेको छ।सामाजिक विकासमन्त्री विमला केसीको अध्यक्षतामा आज बसेको बैठकले सीमानामा रहेका संक्रमित व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिने निर्णय गरेको हो। प्रदेशका नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई नाकाबाट स्थानीय तहसम्म लैजाने र लक्षण नभएका संक्रमितको सम्बन्धित स्थानीय तहले उपचार व्यवस्थापन गर्नुपर्ने निर्णय भएको हो।

सम्बन्धित सामग्री

दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालको भेन्टिलेटर प्रयोगविहीन

जेठ ४, सिरहा । दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालले खरीद गरेको भेन्टिलेटर सञ्चालनमा नआउँदा कोभिड–१९ संक्रमित बिरामीलाई उपचारका लागि अन्यत्र पठाउनु परेको बाध्यता रहेको छ ।  जिल्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पनि दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर अझै सञ्चालनमा आउन नसकेको अस्पतालले जानकारी दिएको छ । भेन्टिलेटर सञ्चालनका लागि चाहिने जनशक्ति माग सम्बन्धित निकायसँग पटकपटक गरे पनि नपठाएकाले अहिले चारओटै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा नागेन्द्र यादवले जानकारी दिए । सिरहा अस्पतालमा एचडियु १५ शय्या र आइसियु पाँच शय्या र चार भेन्टिलेटर उपलब्ध रहे पनि भेन्टिलेटर सञ्चालनमा छैन । सो अस्पतालले आफैँ अक्सिजन प्लान्ट जडान गरेको छ । आफ्नै पिसिआर टेष्ट ल्याबबाट प्रत्येक आठ घण्टामा ९६ जनाको रिपोर्ट दिँदै आएको छ ।  यसैबीच, प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले सिरहा अस्पतालको निरीक्षण गरेका छन् ।  अक्सिजन सिलिण्डर संकलन  सिरहा प्रहरीको सक्रियतामा जिल्लाको विभिन्न निजी उद्योगहरुबाट ३३ थान अक्सिजन सिलिण्डर संकलन गरेको छ ।  कोभिड–१९ का कारण देशभर अक्सिजन सिलिण्डहरुको अभाव भइरहेका बेला इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले मिर्चैया नगरपालिका–१ स्थित सूर्या सिमेन्ट उद्योगबाट ३० र कर्जन्हा नगरपालिका–४ बन्दीपुरस्थित प्रशान्त बालुवा प्रशोधन क्रसर उद्योगबाट तीन गरी ३३ थान सिलिण्डर संकलन गरेको हो ।  संकलित सिलिण्डर जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन समिति (डिसिसिएमसी) सिरहाको निर्णयबमोजिम स्वास्थ्य कार्यालयको पत्रानुसार अक्सिजन पुर्नभरण गरी आवश्यकताअनुसार परिचालन गर्न रेडक्रस सोसाइटी सिरहाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । रासस

कर्णाली प्रदेशका संक्रमित व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय

सामाजिक विकासमन्त्री विमला केसीको अध्यक्षतामा बसेको प्रादेशिक स्वास्थ्य आपत्कालीन निर्देशन समितिको बैठकले सीमानाकामा रहेका संक्रमित व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई नै दिने निर्णय गरेको हो।

देशव्यापी लकडाउन नगर्ने पक्षमा सरकार

काठमाडौं । देशव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढे पनि सरकारले तत्काल देशव्यापी रूपमा लकडाउन नगर्ने भएको छ । सरकारले यसअघि नै पहिले जस्तो देशव्यापी लकडाउन नगर्ने तर संक्रमित भेटिएको सम्बन्धित क्षेत्र वा स्थानीय तह सिल गर्ने जिम्मा प्रदेश सरकारलाई दिएको थियो । सरकारले अहिले पनि त्यही मोडललाई प्राथमिकता दिने र देशभरि लकडाउन नगर्ने …