लुम्बिनीमा एमाले : प्रदेश कमिटीसँगै हरेक जिल्लामा तोकियो जिम्मेवारी

१० बुँदे सुझाव कार्यान्वयन गर्न लुम्बिनी प्रदेश संगठन कमिटीको बैठक भदौ २२ मा सम्पन्न भएको छ । बैठकले लुम्बिनीका १२ वटै जिल्लामा उक्त निर्णय कार्यान्वयनमा लैजाने गरी सर्वसम्मत निर्णय गरेको छ ।  बैठकले प्रदेश कमिटीको अध्यक्षमा लीला गिरी, उपाध्यक्षमा खेममान खड्का, सचिवमा भूमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारुलाई चयन गरेको छ ।  कार्यालय सचिव बलराम अधिकारी यथावत् रहने छन् । १० बुँदे सुझाव रचनात्मक रुपमा कार्यान्वयन गर्ने क्रममा जिल्लाले पनि नेतृत्व प्राप्त गरेका छन् ।  बर्दिया अध्यक्ष- लालबहादुर श्रेष्ठ,  ...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा एमाले : प्रदेश सभातर्फ ६ र प्रतिनिधि तर्फ ७ जिल्लामा नील

सुदूरपश्चिममा नेकपा एमाले प्रतिनिधि सभातर्फ ७ जिल्ला र प्रदेश सभातर्फ ६ जिल्लामा निल भएको छ । मङ्सिर–४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा एमालेले प्रदेशतर्फ तीन र प्रतिनिधि सभातर्फ दुई जिल्लामा मात्रै जित हासिल गर्न सकेको हो ।प्रदेशका ९ जिल्ला मध्य नेकपा एमालेले प्रतिनिधि सभातर्फ कञ्चनपुर क्षेत्र नम्बर–१ र बैतडीमा मात्रै सफलता पाएको हो । कञ्चनपुर क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका तारालामा तामाङ र बैतडीबाट दामोदर भण्डारी विजयी भएका हुन् ।

प्रदेश १ का १३ जिल्लामा एमाले बन्यो पहिलो (तथ्यांकसहित)

प्रदेश १ का १४ जिल्लामध्ये प्रतिनिधिसभाको समानुपातिकतर्फ मोरङबाहेक सबै जिल्लामा एमाले पहिलो पार्टी बनेको छ ।  सुनसरीको क्षेत्र नम्बर ३ को समानुपातिकतर्फको मतगणना जारी रहेको छ, तर एमालेको अग्रता कायमै छ ।  मोरङमा भने नेपाली कांग्रेस पहिलो बनेको छ । मोरङमा कांग्रेसले १ लाख ३८ हजार १६३ मत ल्याउँदा एमालेले १ लाख २३ हजार ४८७ मतमात्रै ल्याएको छ । अन्य जिल्लामा भने एमालेको अग्रता रहेको हो  ।नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा म

एमाले सचिव भट्टको जिल्लामा एमाले निल

काठमाडौं, मंसिर १० । नेकपा (एमाले)का केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खेलराज भट्टको गृह जिल्ला रहेको कैलालीमा एमाले निल भएको छ । कैलालीमा एमाले प्रतिनिधि तथा प्रदेश सभामै निल बनेको छ । २०७४ को निर्वाचनमा कैलालीमा एमालेले प्रतिनिधि तर्फ दुई स्थान जितेको थियो भने, प्रदेश सभा तर्फ ५ सीट जितेको थियो । तर मंसिर […]

एमाले बागमतीले सबै जिल्लामा अग्रज सम्मान कार्यक्रम गर्ने

नेकपा एमाले बागमती प्रदेश कमिटीले सबै जिल्लामा अग्रज सम्मान कार्यक्रम गर्ने निर्णय गरेको छ ।  सोमबार प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको पदाधिकारी बैठकले प्रदेशभित्रका सबैका जिल्लामा अग्रज सम्मान कार्यक्रम आयोजना गर्ने निर्णय गरेक हो ।बैठकले बुद्धिजिवीहरूको पनि कुरा सुन्ने निर्णय गरेको छ । बैठकले भाद्र १० गते काठमाडौंमा एक कार्यक्रम नै आयोजना गरेर बुद्धिजिवीका कुरा सुन्ने निर्णय गरेको छ । बैठकपछि प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभागका प्रमुख महेश बर्

सबै जिल्लामा ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने एमाले बागमतीको निर्णय

नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले  सबै जिल्लामा ‘अग्रज सम्मान कार्यक्रम’ गर्ने  निर्णय गरेको छ । सोमबार प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । निर्णयानुसार प्रदेशभित्रका जिल्लामा नेपालको कम्युनिस्ट आन्दोलन तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्ने अग्रणी ब्यक्तिहरुको खोजी तथा पहिचान गरि सम्मान गरिनेछ । बैठकले बुद्धिजिवीहरूको पनि कुरा सुन्ने निर्णय गरेको छ । बैठकले भाद्र १० गते काठमाडौँमा एक कार्य

मधेसका तीन जिल्लामा एमाले अधिवेशनको नयाँ मिति तोकियो

नेकपा (एमाले) ले मधेस प्रदेशका तीन जिल्लामा अधिवेशनको मिति तय गरेको छ । प्रदेश कमिटीको शुक्रबार साँझको बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमशः ७/८ फागुन, ९(१० फागुन र ११/१२ फागुनका लागि तय गरेको हो ।आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए । प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइसकेको बताउदै आएका छ भने अर्को पक्षले विरोध गर्दै आएको छ  ।महोत्तरीम

बझाङबाहेक  सुदूरका आठ जिल्लामा एमाले अधिवेशन सकियो

बैतडी : सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ।  नौ जिल्ला रहेका यस प्रदेशमा बझाङ बाहेकका बाँकी ८ जिल्लामा अधिवेशन सम्पन्न भएको हो। कैलाली, कञ्चनपुर, अछाम र दार्चुलामा निर्वाचन प्रक्रियाबाट तथा डडेल्धुरा,  बैतडी, डोटी र बाजुरामा सर्वसम्मत रुपले नेतृत्व चयन भएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।जिल्ला अधिवेशन सम्पन्न भएसँगै ८ जिल्लाले नयाँ नेतृत्व पाएको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले बताए। बैतडीमा

प्रदेश १ का ८ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

एमालेले प्रदेश १ का ८ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शुक्रबारदेखि जारी अधिवेशन अन्तरगत प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लाको नेतृत्व सर्वसम्मत चयन गरिएको हो । बाँकी जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको र केही जिल्लामा भने नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ । एमालेले झापा, मोरङ, धनकुटा, खोटाङ, तेह्रथुम, भोजपुर,सोलुखुम्बु र पाँचथरको नेतृत्व चयन सर्वसम्मत गरेको हो । प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेका अनुसार एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखर...

एमाले प्रदेश र जिल्लामा नेतृत्व चयन

काठमाडौं, २३ भदौ । बैठकले एमाले प्रदेश कमिटीको अध्यक्षमा लीला गिरी, उपाध्यक्षमा खेमबहादुर खड्का, सचिवमा भूमिश्वर ढकाल, उपसचिवमा दुर्गा थारु र प्रदेश कार्यालय सचिवमा बलराम अधिकारीलाई चयन गरेको छ । यस्तै १० बुँदे कार्यान्वयनअन्तर्गत प्रदेशका १२ वटै जिल्लामा नेतृत्व चयन गरिएको छ । बर्दिया अध्यक्षमा लालबहादुर श्रेष्ठ, उपाध्यक्षमा शालिकराम अधिकारी, सचिवमा पदम ढकाल र सहसचिवमा […]