अफगानिस्तानमा कार बम विस्फोट, कम्तीमा ३० को मृत्यु

एजेन्सी। अफगानिस्तानको लोगार प्रान्तमा भएको कार बम विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ, ६० जना घाइते भएका छन्। विश्वविद्यालयका विद्यार्थी पनि बसेको एक गेस्टहाउसलाई निशाना बनाएर हमला गरिएको प्रहरीले बताएको छ। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता लैजाने राष्ट्रपति जो बाइडेनको घोषणापछि त्यहाँ झनै हिंसा बढेको छ।

सम्बन्धित सामग्री

अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु

काबुल । कार बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । भिडभाड रहेको सडकमा शुक्रबार गराइएको विस्फोटमा परी अरु ७० जना घाइते पनि भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पतालबाहिर सडकमा विस्फोटको घटना भएको हो । स्थानीय समयानुसार...

सोमालियाको राजधानीमा बम विस्फोट, ३० जनाको मृत्यु

मोगादिसु : सोमालियामा कार बम विस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ। एक सय जनाभन्दा धेरै घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले बताएका छन्। घाइतेहुनेमा बालबालिका सहित बसमा यात्रा गरिरहेका विद्यार्थीहरु समेत रहेका छन्। राजधानी मोगादिसुमा रहेको कर कार्यालयमा बिहानै भएको विस्फोट भएको अलजजिराले उल्लेख गरेको छ। केही